रुपा गहतराज
नेपालगन्ज । नर्सविना अस्पतालमा बिरामीको उपचार सम्भव छैन, तर नर्सलाई सुविधा र सम्मान दुवै नभएको गुनासो नर्सको सँधैजसो हुन्छ ।
नेपालगञ्जसहित देशभरी अहिले नर्सिङ्ग शिक्षामा आर्कषण बढेको छ । नर्सिङ्ग क्षेत्रमा जति जनशक्ति उत्पादन भईरहेको छ त्यसरी रोजगारी सिर्जना हुन नसकेको नेपालगन्जको एक अस्पतालमा कार्यरत नर्स चन्द्रा शर्मा बताउँछिन् ।
अहिलेपनि नातावाद,कृपावाद हावी भएको भन्दैँ निजी क्षेत्रका अस्पतालले नर्सको श्रम शोषण गरिराखेको आरोप उनको छ । नेपालगन्जस्थित एक निजी अस्पतालमा कार्यरत नर्स मेलिना भुर्तेलले पनि नर्स भएर जागिर खान सजिलो नभएको बताउँछिन् । हातमा नर्सिङ्ग प्रमाण पत्रको थुप्रो भएता पनि शुरुमा स्वयंसेवा गर्नपर्ने र जागिर पाईएपनि न्यून सेवा सुविधामा काम गर्नुपर्ने नर्सहरूको वाध्यता रहेको गुनासो उनको छ ।
नर्सिङ्ग क्षेत्रलाई आप्mनो करियर नैँ बनाउने सोचका साथ लागि परेका सबैको सपना सजिलै पूरा हुन नसक्ने भएकाले यसमा घर परिवार,समाज र राज्यको पनि उत्तिकै भूमिका हुने अर्की नर्स मित्रा कुमारी रेग्मीे बताउँछिन् । उनले विगतको भन्दा समाजिक सोच व्यवहारमा केही परिर्वतन आएपनि अपेक्षाकृत रुपमा नर्सले सेवा सुविधा पाउन नसकेको बताइन् ।
भेरी अञ्चल अस्पताल नेपालगन्जका नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले सरकारले तयार पारेको नर्सिङ्ग स्वास्थ्य निर्देशिका २०७२ पुर्ण रुपमा कार्यान्वयन हुन सके नर्सिङ्ग क्षेत्रमा देखिएका धेरै समस्या हल हुने बताउँछन् । नर्सको हक अधिकारका लागि क्रियाशिल संघ,संस्थाले निर्देिशका कार्यन्वयनका लागि दवाव मुलक काममा जोड दिनु पर्ने उनको भनाई छ ।
आफ्ना समस्यालाई विर्सेर भएपनि नर्सले दिएको सेवालाई भने विरामीहरूले खुलेरै प्रशंसा गर्छन् । नेपालगन्जको एक निजी अस्पतालमा उपचार गराईहेका नेपालगन्ज बसुदेवपुरका प्रेम विकले नर्सको सेवा प्रति आफू सन्तुष्ट रहेका प्रतिक्रिया दिए । अहिले नेपालमा एउटा स्टाफ नर्सको मासिक तलब न्युनतम १० देखि २२ हजार बराबर रुपैयाँ र योग्यता अनुसार थप सेवा सुविधा भएता पनि मंहगी लगायतका समस्याले गर्दा यो रकम पर्याप्त नभएको गुनासो उनीहरूको छ । वाहिर निकै आकर्षक लागेपनि भित्र थुप्रै समस्या झेल्नुपरेको नर्सहरूको अनुभव छ ।
Comment Here!