महिला खबर
एजेन्सी । गाम्बिया राष्ट्रपति यह्या जम्मेहले १८ वर्ष मुनिका बालिकासँग विवाह गर्ने व्यक्ति र विहे गराइदिने बालिकाका आमाबुवा समेतलाई २० वर्षको जेल सजाय हुने घोषणा गरेका छन्। उनले १८ वर्ष मुनिकी बालिकाको बिहे गर्नु गैह्रकानुनी कार्य हुने बताएका छन्।
बालविवाहमा रोक्न महत्वपुर्ण कदम चालेको भन्दै अधिकारकर्मीले तान्जानिया र गाम्बिया सरकारको निर्णयलाई स्वागत गरेका छन्।
तान्जानिया विश्वमै सबैभन्दा धेरै बालविवाहहुने देशहरूमा पर्दछ, जहाँ अहिले बालविवाह ३७ प्रतिशत रहेको छ। वालविवाहले महिलालाई शिक्षा र अन्य अवशरबाट बञ्चित गर्नुका साथै भविष्यमा हुनसक्ने घरेलु तथा यौन हिसांलाई पनि बढाउँदछ्। तान्जानियामा अहिले १८ वर्षमुनिको विवाहलाई गैह्रकानुनी बनाइएको छ।
गाम्बियामा लगभग ३० प्रतिशत महिलाको विहे उमेर नपुग्दै हुने गर्दछ। गाम्बियाका राष्ट्रपतिले भने ‘अवदेखि गाम्बियामा १८ वर्षमुनिको वालविवाह गैह्रकानुनि मानिनेछ, र कसैलाई म साँचो बोल्दैछु या झुट बोल्दैछु भन्ने लागेको छ भने, बालविवाह गर अनि थाहा पाउँनेछौ। ‘ वालविवाह रोक्न प्रथम महिला मेडम जीनेब जेम्मेहले पनि निकै प्रयास गरेकी थिइन्। गाम्बियाले २०१५ को अन्तिम तिर महिलाको योनिच्छेदन गर्न पनि रोक लगाएको थियो।
Comment Here!