सर्मिला बुढाथोकी
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखामा गत आर्थिक वर्षमा बिभिन्न १ सय ७३ वटा अपराधिक घट्ना सम्बन्धि उजुरी दर्ता भए । यीमध्ये महिला तथा बालबालिकासँग सम्बन्धित २३ वटा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जर्वजस्ति करणीको १४ वटा, जर्वजस्ति करणी उद्योगको १ वटा, बहु विवाहको ७ वटा र बाल विवाहको १ वटा गरी महिला तथा बालबालिकासँग सम्बन्धित २३ वटा घट्ना दर्ता भएका हुन् ।
जसमा जर्वजस्ति करणीको एक र बहुविवाहका तीन वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७०/०७१ मा १ सय ८२ वटा अपराधिक घट्ना दर्ता भएकोमा जर्वजस्ति करणीको ५ वटा, जर्वजस्ति करणी उद्योगको ४ वटा, बहुविवादको १० वटा र बालविवाहको एक गरी २० वटा महिला तथा बालबालिकासँग सम्बन्धित थिए ।
त्यसैगरी आर्थिक वर्ष ०७१÷०७२ मा १ सय ६४ वटा बिभिन्न अपराधिक घट्ना दर्ता भएकोमा जर्वजस्ति करणीको ७ वटा, जर्वजस्ति करणी उद्योगको २ वटा र बहुविवाहको ७ वटा गरी १६ वटा महिला तथा बालबालिकासँग सम्बन्धित भएको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ । यस बाहेक आत्महत्या, कर्तव्य ज्यानलगायतका घट्नामा समेत महिला पीडित रहेको प्रहरी निरीक्षक सुनुवारले बताउनु भयो ।
Comment Here!