मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने तयारी


प्रकाशित मिति :2016-07-29 15:26:49

महिला खबर
काठमाडौं । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीको संयोजकत्वमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मूल आयोजक समिति गठन गरिएको छ ।

आगामी भदौ २० गते मनाइने मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दशौँ राष्ट्रिय दिवसको मूल आयोजक समारोह समितिअन्तर्गत विभिन्न उपसमिति गठन गरिएका छन् ।

मन्त्रालयका उपसचिव राधिका अर्यालले मूल समारोह समितिअन्तर्गत कार्यक्रम व्यवस्थापन, र्याली सञ्चालन, अर्थ व्यवस्थापन, मञ्च व्यवस्थापन, पुरस्कार तथा सम्मान र प्रचारप्रसार र सूचना सामग्री प्रकाशन उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

उक्त छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाले समितिरउपसमितिमा रहेर काम गर्नेछन् । मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले मानव बेचबिखन तथा ओसारपसारको विषय अत्यन्त जटिल र संवेदनशील रहेको बताउँदै यसलाई न्यून गर्न सहकार्य आवश्यकतामा जोड दिनुभयो ।

नेपालबाट प्रत्येक वर्ष १२ हजारभन्दा बढी यौन तथा श्रम शोषणका लागि बेचबिखन हुने गरेको यस क्षेत्रमा कार्यरत संस्था माइती नेपालले जनाएको छ । मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र  दुई लाख रुपैयाँ जरिवाना,  जबर्जस्ती याैनकार्यमा लगाउनेलाई १० देखि १५ वर्षसम्मको कैद र  ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था छ ।

नेपालको कानुनले ‘कसैलाई पनि कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्ज मिलाई, जबर्जस्ती गरी, कारकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी हुने कार्यलाई बेचबिखन तथा ओसारपोसार’ का रुपमा परिभाषित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: