भक्तपुर प्रहरी प्रमुख बज्राचार्य अभिनन्दित


प्रकाशित मिति :2016-07-29 16:18:04

महिला खबर
भक्तपुर । नेपाल नागरिक समाज जिल्ला शाखा भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई  नागरिक अभिनन्दन गरेको छ ।
Capture
समाजका  अध्यक्ष खेमराज रेग्मीले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्दै बज्राचार्यलाई सम्मान गर्नुभएको हो ।

अमेरिकी गृह मन्त्रालयले यसवर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गर्दै गतमहिना उहाँलाई  पुरस्कृत गरेको थियो । राम्रो काम गरेर देशकै शिर उच्च राखेको भन्दै उहाँलाई सम्मान गरिएको समाजले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा रहँदा  दुईवर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाएबापत उहाँ मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित हुँदै पुरस्कार पाउनुभएको हो ।

उहाँले चीनदेखि कोरियासम्म नेपाली युवतीलाई वैदेशिक रोजगारी र कोरियन नागरिकसँग विवाह गराउने बहानामा लगेर डान्सबारमा बिक्री गर्ने र चरम यौन शोषण गर्ने गिरोहलाई पक्राउ गर्नुभएको थियो ।

मानव बेचबिखनमा लागेको गिरोहले तान्जिनियामा समेत लगेर बिक्री गरी जबर्जस्ती यैनकार्यमा लगाउने गिरोह, दुबहीमा बसेर मानव बेचबिखनमा सक्रिय रहेको गिरोहलाई  पक्राउ गर्न  समेत सफल बज्राचार्यले स्वदेशदेखि विदेशसम्मका मानव बेचबिखनका गिरोहका १४ वटा मुद्दामा सफलता पाउनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: