मुरी मुरी वधाई छ वन्दना


प्रकाशित मिति :2016-07-30 10:00:52

विजया केसी
Bijaya kc photoअधिरकारकर्मी तथा संचारकर्मी वन्दना राणा नेपालको तर्फवाट  महिलाविरुद्ध भेदभाव अन्त्य सम्बन्धि सुंयुक्त राष्ट्रिय संघिय समिति (CEDAW) को विज्ञ सदस्यमा भारी मतले विजयी वनेकी छिन । संयुक्त राष्ट्र संघिय समितिको यति उच्च पदमा नेपाली महिला पुगेको यो पहिलो अवसर हो । यस संयुक्त राष्ट्र संघीय समितिमा महिला अधिकार,महिला सशक्तिकरण र मानव अधिकारको लागि काम गर्ने विश्व भरवाट चुनिने २३ जना विज्ञ महिलामा नेपालको तर्फवाट वन्दना पर्नु चानचुने कुरा होइन । त्यसैले यो विजय वन्दनाको मात्र नभै नेपाल राष्ट्र र दक्षिण एसिया कै हो भन्दा अत्युक्ति नहोला । यो अवसरले वन्दना मार्फत नेपालको शीर विश्व जगतमा एक उचाइमा पुग्नेछ त्यसैले आज हामी वन्दना प्रति गौरवान्चित छौ,वन्दनालाई मुरीमुरी वधाई दिन चाहन्छौ ।

संयुक्त राष्ट संघ मुुख्यालय न्युयोर्कमा गत जुन २१ तारिकको दिन सम्पन्न भएको सीडको निर्वाचनमा ११ जनाको लागि विश्वका विभिन्न मुलुकको २७ जनाले उम्मेदवारी दिएका थिए ,जसमा नेपालको वन्दनाले खसेको १८९ राष्ट्रका मत मध्ये १०६ मत पाई छैटौं सर्वोत्कृष्ट नम्वरमा विजय प्राप्त गरेकी छिन् । उनको कार्यकाल आगामी जनवरी १,२०१७ देखी सुरु भै चार वर्षको लागि हुनेछ ।

गत मार्चमा नेपाल सरकारले वन्दना लाई यस पदको लागि सक्षम र दक्ष ठानेर नेपालको तर्फवाट सीडका लागि उम्मेदार घोषणा गरि कुटनीतिक तरिकाले विभिन्न मित्र राष्ट्रहरूलाई उनलाई मत दिन आह्वान पनि गरेको थियो जो सफल भयो ।

संयुक्त राष्ट्रसंघ महासभावाट सन १९७९ मा पारित भएको महिलाविरुद्ध हुने सवै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि अर्थात सीडलाई महिला अधिकारको अन्तर्राष्ट्रिय कानुनको रुपमा परिभाषित गरिन्छ । एक प्रस्ताव र ३० धारा भएको यस महासन्धिले महिलाविरुद्ध हुने भेदभावलाई परिभाषित गरेको छ र त्यस्ता भेदभावलाई अन्त्य गर्नका लागि राष्ट्रिय कार्यको प्रस्ताव अघि बढाएको छ, कानुनी मापदण्डको स्थापना गरेको छ । अर्थात यस्ले जीवनको सवै तहमा महिलाको समानताको उद्देश्य राखेको छ । राष्ट्रका लागि यो अन्त्तर्राष्ट्रिय कानुनको एक वाध्यताकारी श्रोत मानिन्छ जस्लाई विश्वको १८९ ( एक सय उनानव्वे ) राष्ट्रले अनुमोदन गरेका छन् । नेपालले यो महासन्धिमा २२ अप्रिल १९९१ म हस्ताक्षर गरेको थियो । नेपालको प्रतिनिधी त्यहाँ पुग्नु नेपालीको सपना थियो जो ऐले पुरा भएको छ ।

महिला अधिकारको क्षेत्रमा विगत पच्चिस वर्षदेखि निरन्तर कार्यरत वन्दना साथी संस्थाको संस्थापक सदस्य तथा पूर्व अध्यक्ष, संचारिका समूहको संस्थापक अध्यक्ष हुन । वन्दनाले यु.एन. ओमन ग्लोवल सिभिल सोसाइटीको सल्लाहकार गु्रपमा काम गरिसकेकी छिन, त्यस्ले ग्लोवल नेटवर्क अफ ओमन सेल्टरको अध्यक्ष वन्दना विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा सक्रियरुपमा आवद्ध छिन् ।

वन्दनाले समानता र मानव अधिकारको क्षेत्रमा गरेको योगदानको कदर र सही मूल्यांकन गरी गत मार्चमा संयुक्त राष्ट्र संघले प्रदान गर्ने वोमन अफ डिस्टिङ्गसन अवार्डबाट उनी सम्मानित भएकी थिइन । विकाशोन्मुख राष्ट्रमा महिला अधिकार र सशक्तिकरणका लागि उल्लेखनीय भूमिका निभाउने महिलाहरु मध्येवाट चुनिने यो सम्मान नेपालको यिनै वन्दना राणा र अफ्रिकी अधिकार कर्मी अमिना महमदले पाएका थिए । वन्दनालाई पुरुस्कृत गरिनुको कारणसहित जारी गरिएको प्रेस विज्ञप्तीमा स्थानिय समुदायस्तरदेखि क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरसम्म महिला तथा मानव अधिकारको  लागि उल्लेखनीय पैरवी गरेको भनी उल्लेख गरिएको थियो ।

गत मार्च १३ मा वन्दनालाई यो अवार्ड दिईएको दिन यु.एन.को सभा गृह सि.एस. डब्लुमा (ऋक्ध्) को एनजिओ ( ल्न्इ ) फोरममा मैले पनि भाग लिने मौका पाएकी थिएँ । त्यो भव्य समारोहमा वन्दना एक मात्र मुख्य वक्ताको रुपमा प्रस्तुत भएकी थिइन् ।

लैङ्गिक समानता र महिला सशक्तिकरणको वारेमा वोल्दै “महिला अधिकारको क्षेत्रमा पैरवी,अनुसन्धान,समुदाय परिचालन एवं लैङ्गिक समानताको लागि पुरुष सहभागिता हुनैपर्छ ” भन्ने कुरामा उनले जोड दिँदा हल तालीले गुन्जायमान भएको थियो । उनले आत्मविश्वासका साथ दिएको गहन मिठासपूर्ण प्रस्तुती र मन्तव्य सुन्दा विभिन्न देशका कतिपय महिला सहभागीले आफ्नो देशको सरकारसँग वन्दनाकालागि एक भोट माग्ने वचन पनि दिएका थिए । विश्व समुदायका महिला नेतृत्वबीच वन्दनाको लोक प्रियता देख्दा हामी छक्क परेका थियौ भने कतिपयले सीडमा यिनी जस्तो महिलाको आवश्यकता छ भनि अभिव्यक्ति दिएका थिए ।

निर्वाचित भएर आएपछि  उनले भनेकी छन्– “ यो समितिले सीड महासन्धी अनुमोदन गरेका राष्ट्रहरूमा महिलामािथको विभेदको अवस्थाको अध्ययन गरी ती राष्ट्रलाई यसको सुधारको लागि सुझाव दिने हुनाले आफ्नो सहभागिताले महिला अधिकार प्राप्तिका लागि विश्वव्यापी रुपमा भै रहेका कामलाई नेपालमा कार्यान्वयन गर्न पनि मद्दत पुग्ने साथै महिला अधिकारका क्षेत्रमा नेपालमा भएका सकारात्मक उपलव्धि र स्थानिय तहका घटनालाई विश्वव्यापी वनाउन समितिमा आफ्नो उपस्थिति महत्वपूर्ण हुने विश्वास दिलाईन् । यो जित मेरो नभै नेपालको र नेपालीको हो भनिन् ।

हो यो जित नेपालीको हो । वन्दना प्रतिनिधी पात्र हुन र पनि वन्दनालाई फेरी पनि मुरीमुरी वधाई तथा शुभ कामना ।

[email protected]

 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: