वृद्धवृद्धालाई एकदिनको खाना सहयोग


प्रकाशित मिति :2016-07-31 12:38:46

महिला खबर

चितवन । महिला तथा बालबालिकाको कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेलले शुक्रवार देवघाटमा रहेको वृद्धआश्रममा १ दिनको खाना सहयोग गर्नु भएको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालन गरिएको ज्येष्ठ नागरिक वृद्धाश्रममा रहेका वृद्ध तथा वृद्ध, वृद्धालाई लक्षित गरी उहाँले बिहान र बेलुकाको खाना खुवाउनु भएको हो । कार्यालयकी प्रमुख शान्ता कुमारी पौडेलसहित गएको टोलीले त्यहाँ आश्रित ३२ जना वृद्धवद्धालाई खाना खुवाउनुका साथै आश्रमको समेत अवलोकन  गर्नु भएको थियो  ।

received_1061855893904863

सो अवसरमा  पारिवारिक माया र ममता पाएर आफ्नो परिवारसँगै बस्नुपर्ने उमेरमा आश्रममा आएर बस्नुपर्ने बाध्यात्मक अवस्थालाई बिस्तारै कम गर्दै लैजानुपर्ने पौडेलले बताउनुभयो ।  आश्रममा आफ्ना छोराछोरी नभएका असाह्य वृद्ध तथा वृद्धालाई आवासिय सुविधासहित राखिएको छ । जीवनका थुप्रै वर्ष दुःखमा बिताएका वुवाआमालाई एकदिन भएपनि खाना खुवाउन पाउँदा आफ्ूलाई खुसी मिल्ने र अन्यलाई समेत वृद्धवृद्धा प्रतिको कर्तव्यबोध हुने पौडेलको भनाई छ । यस वृद्धाआश्रममा २२ जना वृद्धा तथा १० जना वृद्ध बसोवास गर्दै आइरहेका छन्

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: