न्यायाधीश हुने बाटो खुल्योःदुई महिलासहित एघारजनाको नाम अनुमोदन


प्रकाशित मिति :2016-07-31 12:51:09

महिला खबर
काठमाडौं  । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस    दुईजना महिलासहित ११ जनाकै नाम अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको  हो ।

सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई हुनुहुन्छ ।

वरिष्ठ अधिवक्ता  सपना मल्ल, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाश राउतको नाम समितिले सुनुवाइपछि अनुमोदन गरेको छ । अनुमोदित नाममध्ये कार्यकाल र उमेर हदका हिसाबले प्रस्तावित न्यायाधीश श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता  सपना मल्ल प्रधान, हरीकृष्ण कार्की र प्रकाश राउतलाई प्रधानन्यायाधीशको जिम्मेवारी समेत मिल्ने सम्भावना छ ।

पछिल्लो नियुक्तिपछि अदालतमा प्रधानन्यायाधीशसहित तीनजना महिला न्यायाधीश हुनेछन् । परिषदबाट शिफारिस गरिएकामध्ये मल्लका बारेमा निकै विवाद भएको थियो । पहिलो संविधान सभामा नेकपा एमालेका तर्फबाट समानुपातिक सभाषद रहिसकेकोले राजनीतिक आवद्धता रहेको भन्दै उहाँको नाम विवादमा तानिएको हो ।

राष्ट्रपतिले नियुक्ति दिएपछि  उनीहरू  सर्वोच्च अदालतका स्थायी न्यायाधीश हुनेछन् ।

थप समाचार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: