महिला खबर
काठमाडौं। सहमतीय सरकार गठनका लागि आव्हान गरेको समयसीमा आज सकिँनै लाग्दा राष्ट्रपति विद्या भण्डारीले दलका शीर्ष नेतासँग भेट्नुभएको छ । भेटका क्रममा राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठन गर्न पुन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले सहमतीय सरकारका लागि अझै प्रयास गर्न प्रमुख दलका नेतालाई मौखिक रुपमा आग्रह गर्नुभएको राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहले जानकारी दिनुभयो ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार शीतल निवास पुग्नुभएको थियो ।
यस अवशरमा उनीहरूले सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा सकिनै लाग्दा समेत सहमतिको सम्भावना नजुटेकाले बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
सहमतीय सरकार गठनको सम्भावना नभएको दलका नेताहरूले बताएपछि राष्ट्रपतिले सोमबार बहुमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि एक साताको समय दिनुहुनेछ ।
Comment Here!