मौसमी फलफूल व्यापारबाट आत्मनिर्भर बन्दै महिला


प्रकाशित मिति :2016-07-31 14:30:38

यमुना खनाल
सिरहा । लहान नगरपालिकाकी निर्मला रामलाई यति बेला भ्याई नभ्याई छ । जेठको दोस्रो हप्तादेखि साउन महिनाको अन्तिमसम्म निर्मलालाई न त बोल्ने फुर्सद हुन्छ , न त खाने । निर्मलाको व्यस्तता यसरी बढाएको खेतीपातीले भने होईन । जब आँप र लिची पाक्ने समय आउँछ फलफूल पसल गर्ने  निर्मलाको व्यस्तता हरेक वर्ष एकाएक यसरी नै बढ्छ ।
212
लहान बजारको सडक किनारमा निर्मलाको फलफूल पसल छ । फुटपार्कको यो टहरामा  निर्मलाले फलफूल व्यापार गरेको १५ वर्ष भयो । वर्षभरी गरेको फलफूल व्यापारबाट हुने आम्दानीेको दुई गुना आम्दानी दुई महिनाको आँप र लिचीको व्यापारबाट हुने निर्मला राम बताउँछिन्

फलफूल व्यापार गर्नु अघि निर्मला राम ज्याला मजदुरी गरेर परिवार चलाउँथिन् ।  मजदुरीको कमाईले एक छाकसम्म पनि नटरेपछि निर्मलाले पेशा परिवर्तन गरेकी हुन् ।

फलफूल व्यापारले राम्रो आम्दानी दिन थालेपछि फुसको घरमा बस्ने निर्मलाको परिवार चार कोठे पक्की घरमा बस्न थालेको छ । छ,सात कठ्ठा खेती गर्ने जग्गा पनि फलफुल व्यापारबाट आएको आम्दानीबाट जोडेकी छन् भने उनले तीन लाख रुपैयाँमा एउटा सिटी सफारी समेत किनेकी छन् ।

अहिले निर्मलाका श्रीमानले सिटी सफारी चलाउँछन् । श्रीमान्ले सिटी सफारी चलाएर १२ देखि १५ सयसम्म एकदिनमा कमाउँछन् । निर्मलाका चारै जना छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन् । निर्मलाको ६ जनाको परिवारमा अहिले खाने लाउने कुनै चिन्ता छैन । परिवार सुखी र सुखी छ ।

निर्मला राम जस्तै लहान नगरपालिका वडा नम्बर एककी निर्मला शाह पनि जिल्ला सदरमुकाम लहानको सडक किनारमा फलफूल व्यापार गर्छिन् । निर्मलाका आमा बुबाको पनि फलफूल दोकान छ  । आमाबुबाबाटै व्यापार गर्न सिकेकी शाह विवाह गरेर पनि श्रीमानको घर गईनन् । बरु श्रीमानसहित लहानमै फलफूल व्यापार गरेर बसे । उनीहरूले दुई छोरा र एक छोरीलाई  फलफूल व्यापारको कमाईबाट उच्च शिक्षासम्म पढाएका छन । अहिले निर्मला लहानमै  चार कोठे घर बनाएर बसेकी छन् ।
121
निर्मला राम र निर्मला शाह मात्र होईन लहानको सडक किनारमा फलफूल व्यापार गर्ने २० जना  महिला छन् । सबैले राम्रो आम्दानी गरिरहेको बताउँछन् ।  परिवारको हिंसा र हेला होचो खेपेका महिला समेत यही ठाउँमा फलफूल व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन्  ।

आँपको समयमा व्यवसायिक रुपमा फलफूल व्यापार नगरेका महिला समेतपनि आँपको व्यापार गर्छन् ।  सिरहामा जेठ अन्तिमदेखि आँप बजारमा आउँछ । यो जिल्लाबाट हरेक वर्ष ३० करोड रुपैयाँ भन्दा बढी आँपको कारोबार हुने गरेको जिल्ला कृषि बिकास कार्यालय सिरहाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: