वाढीले घर भत्किएपछि विचल्लीमा


प्रकाशित मिति :2016-07-31 16:45:15

पार्वती पाण्डे
कपिलवस्तु । ससाना भुन्टा भुन्टिीलाई साँझ विहानको छाक टार्न हम्मेहम्मे थियो । त्यसैमा पनि विपत आईलाग्यो दया थारुलाई । ‘खपडाले छाएको सानो वास थियो, त्यहीपनि  डुव्यो  । मजदुरी गरेर बचाएको अन्नपात सवै बगायो, वचेको पानीले  नष्ट गरिदियो । विपदले पनि हामी गरीवलाई नै मार्‍यो’  गत साउन १० र ११ गते परेको अविरल वर्षाले घर डुवेर भत्किएपछि वाणगंगा राजपुरकी दया थारु विलौना गर्दै थिइन् ।

Capture

आफू त बचियो, तर बस्ने वास नै मेटिएपछि अहिले छिमेकिको घरमा आश्रय लिएर बसेको उनले बताइन् । सम्पत्तिको नाममा  घरसहितको नौ धुर जमिन उनीहरूको थियो ।

घरवास बाढीले बगाएपनि अहिलेसम्म आफूहरूलाई कसैले सहयोग नगरेको दयाका श्रीमान पर्शुराम थारुले बताए  । बाढीले जिल्लामा ६८ परिवारको घरबास नै क्षति पुर्‍याएको  कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले जानकारी दिए ।  जिल्लाभरीको तथ्यांक लिने काम भैरहेको समेत उनल बताए ।  बाढीपीडित प्रतिपरिवारले राहतस्वरुप प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले दिएको  सहायक प्रजिअ बुढाथोकी  बताउँछन्  ।

तर कति बाढी पीडितको निवेदन आइपुगेको छैन ।  दया थारुको पनि सहयोगका लागि प्रशासनमा  निवेदन आईनपुगेको उनले बताए ।  जिल्लामा ६ नगरपालिका र  १५ गाविसका ४२ घर बस्ती डुवान बाट प्रभावित भएको जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ  ।

पीडितलाई राहत बाँड्ने काम भैरहेको  छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न संघसंस्थाले राहत बाँडेपनि कति राहत बाँडियो भन्ने तथ्यांक भने जिल्ला प्रशासनमा अझै आइनपुगेको सहायक प्रजिअ बुढाथोकी बताउँछन् । जिल्लाका कज्रहवा , हर्दौना , सोमडिह , धनकौली , सौराहा , सिहोखोर , बैदौली , बलरमावापुर , वरईपुर , पत्थ्थरदेयिया , वहादुरगञ्ज , गणेशपुर , निग्लिहवा , महुवा , कुसहवा गरि १५ गाविसवासी वाढी र डुवानले प्रभावित भएको प्रशासनको भनाई छ ।

त्यस्तै जिल्लाको वाणगंगा नगरपालिका , कृष्णनगर नगरपालिका , शिवराज नगरपालिका , भृकुटी नगरपालिका , वुद्धवाटिका नगरपालिका गरि  ६ वटा नगरपालिका बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: