देवीमायाले जन्माइन तिम्ल्याहा शिशु


प्रकाशित मिति :2016-08-01 12:24:22

महिला खबर
नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौली स्वास्थ्य चौकीमा आईतवार ३० वर्षीया  महिलाले ३  स्वस्थ्य बच्चा जन्माएकी छन् ।

Capture

भारतिपुर घर भई सुत्केरी  गराउन आईतवार बिहान ११ बजे दुम्कौली स्वास्थ्य चौकीमा आएकी देवीमाया सार्कीले तीन छोरालाई जन्म दिएकी हुन ।

उनी तीन दिनदेखि झाडापखालाले सिकिस्त भएर आईतवार अस्पतालमा भर्ना भएकी अस्पतालका जायेश्वर भुषाले बताए ।
तीनै जना  शिशुको तौल  २ किलोग्राम  रहेको  भुषालले बताए  ।

जन्मिएका ३ शिशुमध्ये सबै भन्दा कान्छो शिशु  उल्टो जन्मिएकाले अरु बच्चा भन्दा  केही कमजोर रहेको  जनाईएको छ ।उनलाई सुत्केरी गराउनका लागि स्वास्थ्य चौकीका   कमला खवास , रुक्मती आले , रेनुका भुसाल तिन जना स्टाफनर्स खटिएका थिए ।
बच्चा र आमाको अवस्था सामान्य रहेको  सुत्केरी सेवामा संलग्न कमला खवासले  बताएकी छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: