सुरक्षित गर्भपतनबारे सचेत हुँदै दुर्गमका महिला


प्रकाशित मिति :2016-08-01 13:17:09

महिला खबर
कालिकोट  । जुम्लामा सुरक्षित गर्भपतन गराउने महिला बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।  बिभिन्न संघ संस्थाबाट सुरक्षित गर्भपतनका फाईदाका विषयमा जानकारी पाएसँगै सुरक्षित रुपमा गर्भपतन गराउने महिलाको संख्यामा बढेको उनीहरूको भनाइ छ ।

जुम्लाका  महिला स्वास्थ्यका दृष्टिले कमजोर मानिने भन्दै समाज तथा घरपरिवारको दबाबका कारण असुरक्षित गर्भपतन गराउन बाध्य भएकाले असुरक्षित गर्भपतन गर्न महिला बाध्य भएको जिल्लामा सम्पन्न एक कार्यक्रमका सहभागीले बताए ।

नेपालको कुल जनसंख्याको १३ प्रतिशतले अस्थायी साधनको प्रयोगको विषयमा जानकारी नभएको कार्यक्रमका सहजकर्ता प्रविना सुजखुले बताइन् । जसका कारण प्रजनन स्वास्थ्यमा कुनै पनि ख्याल नराखी जुम्लालगायत नेपालका पुर्वी जिल्लामा असुरक्षित गर्भपतन गराउने गरिएको छ । कार्यक्रममा महिला आफ्नो समस्यालाई बाहिर भन्न नसकी घरेलु जडिबुटी प्रयोग गरी असुरक्षित गर्भपतन गराउँदा हुने जोखिम तथा खतराका विषयमा भिडियोबाट कार्यक्रमका सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै मानव अधिकार अधिकृत कुमारी महराले महिलाको प्रजनन् स्वास्थ्यमा आउने समस्यालाई कम गर्न सुचिकृत संस्था र तालिम प्राप्त चिकित्सकबाट मात्र गर्भपतन गराउन सबैलाई आग्रह गर्नुभयो  । कार्यक्रममा एक्सन वक्र्समा तालिम अधिकृत सुमन पाठकले यौन, प्रजनन तथा स्वास्थ्य अधिकारका क्षेत्रमा जिल्लाको शनिगाँउ, कुडारी लाम्रामा तीन वर्ष यता जनचेतना जगाउने काम गर्दै आएको बताउनुभयो ।  असुरक्षित गर्भपतनका  विषयमा अझै जिल्लास्थित सरोकारवाला निकायहरूले शसक्त रुपमा काम गर्नु पर्नेमा कार्यक्रममा सहभागीको जोड रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: