महिला खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित एघार जना न्यायाधीशलाई आज सर्वोच्च अदालतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीको उपस्थितिमा अाजै प्रधानन्यायाधिस शुशीला कार्कीले नवनियुक्त दुई महिला न्यायाधीससहित एघार जनालाई शपथ गराउनुभएको छ ।
नवनियुक्त न्यायाधीशहरू सपना प्रधान मल्ल, मीरा खड्कासहित दीपकुमार कार्की, केदारप्रसाद घिमिरे, ईश्वरप्रसाद खतिवडा, डा.आनन्नमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, प्रकाशमान राउत रहनु भएको छ ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरू मुख्यसचिव डा.सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च तथा पुनरावेदन अदालतका न्यायाधीशहरू, नेपाल सकरकारका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
नवनियुक्त न्यायाधीशको नाम संसदीय सुनुवाइ विशेष समितिले आईतवार अनुमोदन गरेको थियो ।
Comment Here!