संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक–नेता कोइराला


प्रकाशित मिति :2016-08-01 15:58:44

महिला खबर

sujata-koiralaविराटनगर । नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको कार्यान्वयन र २०७४ माघ ८ गतेभित्र तीनवटा निर्वाचन गराउन  सहमतिको सरकार अति आवश्यक रहेको बताउनुभयो ।

नेता कोइरालाले संविधान कार्यान्वयन र संशोधनलगायत प्रस्ताव पारित गराउन संसद्मा दुई तिहाई चाहिएकाले एमालेसहितको राष्ट्रिय सरकार गठन गरिनुपर्नेमा जोड दिनुभएको थियो।

जुनसुकै सरकारलाई पुरा अवधि काम गर्न दिनुपर्ने  भन्दै उहाँले अब नयाँ बन्ने सरकारलाई पनि ढाल्ने प्रयास भएमा मुलुकमा अस्थिरता आउनसक्ने आशंका गर्नुभयो ।

वर्तमान सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चिनीयाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो ।   राष्ट्रिय मुद्दालाई कार्यान्वयनका लागि नेकपा (एमाले)सँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै उहाँले मुलुकमाथि खतरा आउन नदिन राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: