महिला खबर
ललितपुर। स्तनपान : दिगो विकासको आधार भन्ने नारासहित यो वर्षको सप्ताहव्यापी स्तनपान दिवस सोमबार अगस्ट १ देखि शुरु भएको छ। हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा छ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउन सोमबारदेखि शुरु भएको छ।
विश्वस्वास्थ्य संगठन र युनिसेफले विश्वभर अगस्ट एकदेखि सात तारिकसम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाउन थालिएको हो। बालबालिकाको विकासका लागी आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाईने भएकोले यस सम्बन्धी सचेतना जगाउन स्तनपान सप्ताहको मुल उद्देश्य हुने विश्वस्वास्थ्य संगठनले जनाएको छ।
Comment Here!