शल्यक्रियापछि अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु


प्रकाशित मिति :2016-08-01 16:50:08

महिला खबर

कालिकोट। जिल्ला अस्पताल कालिकोटमा शल्यक्रिया गरेर बच्चा निकाल्न खोज्दा दाहाँ गाबिसकी पुर्णकला चौलागाईको ज्यान गएको छ। शल्यक्रियापछि अत्यधिक रगत बगेर शरीरमा रगतको अभाव हुदाँ चौलागाईको ज्यान गएको अस्पतालले जनाएको छ ।

सुत्केरी ब्यथाले च्यापेपछि चौलागाईलाई शनिबार बेलुका अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएकी चौलागाईको आईतबार ११ बजे शल्यक्रिया भएको थियो। शल्यक्रियापछि अत्यधिक रक्तश्रावका कारण चौलागाईको निधन भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. कौशल अलीले बताउनुभयो। ‘शल्यक्रियाका क्रममा निकै रक्तश्राव भयो, १५ प्वाइन्ट रगत चढाएपनि रक्तश्राव नरोकिदा मृत्यु भएको हो’ उहाँले भन्नुभयो।

शिशु भने स्वास्थ्य रहेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ। अत्याधिक रक्तश्राव हुदाँ नेपाली सेना र नेपाल प्रहरीले रगतको व्यवस्था गरेको, रक्तश्राव नरोकिदाँ हेलिकप्टर मगाएर थप उपचारका लागि अन्यत्र खोज्दा हेलिकप्टर पनि नपाएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

जिल्ला अस्पताल कालिकोटले आर्थिक वर्ष २०७२/०७३ मा ४८ महिलाको सफल शल्यक्रिया गरेर शिशुलाई निकालेको थियो। जिल्ला अस्पतालमा गरिएका सुत्केरी शल्यक्रिया मध्ये यो नै पहिलो दुःखद घटना भएको डा. कौशल अलीले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: