महिला खबर
सिन्धुपाल्चोक। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाको विभिन्न स्थानवाट वरामद गरेका घरेलु मदिरा नष्ट गरेको छ। अवैध रुपमा विक्रीवितरणकालागि लैजादै गर्दा वाटोवाटै तीनसय लिटर मदिरा वरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
मदिराका कारण लैङि्गक तथा घरेलु हिंसा वढेको भन्दै प्रहरीले मदिरा नष्ट गर्ने अभियान चलाएको छ। ‘मदिराले सामाजिक विकृित वढाएकाले पनि घरेलु मदिरा नष्ट गरिएको हो’ प्रहरी उपरिक्षक रविन्द्र के.सीले भन्नुभयो, ‘लैङि्गक तथा घरेलु हिंसामा समेत न्यूनिकरणका लागि यो अभियान सफल हुन्छ।’
Comment Here!