महिला खबर
दोलखा। बच्चाको पहिलो खोप भनेकै स्तनपान भएकाले कतिपय स्थानमा बच्चालाई जन्मने वित्तिकै मह, घ्यू जस्ता पदार्थ चटाउने संस्कार गलत भएको सरोकारवालाले बताएका छन्। स्तनपानः दिगो विकासको प्रमुख आधार भन्ने मुलनारासहित विश्व स्तनपान सप्ताह २०१६ अभियानको पहिलो दिन दोलखाको चरिकोटमा आयोजना गरिएको कार्यक्रमका सराकारवालाले बालबालिकाको शारिरीक तथा मानसिक विकासमा स्तनपानको महत्वपूर्ण हुने भएकाले सबै आमाले उचित तरिकाले स्तनपान गराउनुपर्ने बताएका छन्।
चरिकोट अस्पतालमा आएका सेवाग्रहीलाई स्तनपान गराउँदा, आमा तनावरहित र आरामसँग बस्नुपर्ने, शिशु आमाको स्तनतिर फर्केको हुनुपर्ने, शिशुको टाउको, गर्धन, शरीर सिधा हुनुपर्नेलागायतका आसन, स्तनपान गराउँदा नवजात शिशुको मुख पुरै खोलेको हुनपर्ने, स्तनको कालो भाग तल भन्दा माथि धेरै देखिनु पर्ने लगायतका सही स्तन सम्पर्क चिन्ह तथा स्तन पान गराउने आमालाई थप खानाको आवश्यकताको बारेमा जानकारी गराईएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा दीप ज्योति समाज सुधार केन्द्र, एनट्याग, सुआहारा, सेभ द चिल्ड्रेन्ट र वर्ल्डभिजनको सहकार्यमा जिल्लामा सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका निमित्त प्रमुख कुमार दहालले जानकारी दिनुभयो।
Comment Here!