महिला उद्यमीले तीज मेलाको आयोजना गर्ने


प्रकाशित मिति :2016-08-02 14:12:23

महिला खबर

wean
ललितपुर। महिला उद्यमीहरूले तीजको अवशर पाररे मेलाको आयोजना गर्ने भएका छन्। महिला उद्यमीका उत्पादनलाई विक्रि वितरण गर्दै आएको वीन कोअपरेटिभ बहुउेश्यीय सहकारी संस्थाले मंगलवार पत्रकार सम्मेलन गरी तीजको अवशर पारेर तीज मेला गर्न लागेको जानकारी दिएको छ। संस्थाले साउन २१ गते शुक्रवारदेखि आईतवारसम्म पुल्चोकस्थित याक प्यालेस परिसरमा मेलाको आयोजना गर्न लागेको जनाएको छ।

महिला उद्यमीले तयार पारेका खाद्य वस्तु र हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले वीन कोअपरेटिभ बहुउेश्यीय सहकारी संस्थाले १० वर्षदेखि यस्तो मेलाको आयोजना गर्दै आएको जानकारी पत्रकार सम्मेलनमा दिएको थियो। साथै महिला उद्यमशीलताको प्रवर्द्धन र उजागर गर्ने र उद्यमी बन्न चाहने महिलालाई प्रोत्साहन गर्ने मेलाको मुख्य उद्देश्य रहेको संस्थाकी अध्यक्ष रेखा अर्यालले बताउनुभयो।

wean2
मेलामा बिभिन्न खाद्य वस्तु र हस्तकलाका गरी ६० भन्दा बढी स्टल रहने छन्। मेलाको दश हजारले अवलोकन गर्ने अनुमान आयोजक संस्थाको रहेको छ। मेलामा नाचगान र तीजको दर मुख्य आकर्षण रहने उनीहरूले बताए।

वाइसवर्षदेखि उक्त सहकारी संस्थाले महिलाले उत्पादन गरेका पचास थरीका नवरस व्राण्डका अचार, वीस भन्दा बढी अन्य खाद्य पदार्थ र हस्तकलाका सामग्री स्वदेश तथा विदेशी बजारमा बजारीकरण गर्दै आएको जनाएको छ। भर्खरै मसला, वेसार, चकलेट, चियापत्तिलगायतका सामग्रीको पनि उत्पादन थालेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो।

९० प्रतिशत खाद्य पदार्थ स्वदेशी बजारमा विक्रि वितरण भइरहको र ९० प्रतिशत हस्तकला विदेशी बजारमा निर्यात हुने गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो।

झण्डै साढे दुई सय सदस्य रहेको वीन कोअपरेटिभ बहुउेश्यीय सहकारी संस्थाले सदस्यहरूका लागि बचतको व्यवस्था गरी उद्यमी बन्न चाहने महिलालाई ऋण उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाले नेपाल सरकारको एक गाउँ एक उत्पादन कार्यक्रमबाट उत्पादन गरेका वस्तुको समेत विक्रि वितरण गरिरहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: