बाध्यताले पाएको सफलता


प्रकाशित मिति :2016-08-02 16:48:03

विदुर आचार्य

सिन्धुपाल्चोक । ‘रहरले त के हुनु बाध्यताले गाईभैंसी पाल्न थालियो, दुध बेचेर कमाई हुन थालेपछि खुशी छु ।’ मेलाम्ची ज्यामिरेकी सुमित्रा पुरीले गाईभैँसी पाल्नुको कारण बताईन् । भूकम्पले घरको भत्काएर भग्नावषेश बनाएको छ । नजिकै सानो टहरोमा सुमित्राको परिवार बसिरहेको छ । टहरोको नजिकै गोठ छ । त्यहीँ गोठमा सुमित्राको परिवार पाल्नको लागी पालेको गाईभैँसी छ ।

b2

भूकम्पले घरको नक्सा परिवर्तन गरिदिएको छ । घर भत्केर थुप्रिएको छ । जीवन कष्टकर बनाईदिएको छ । टहरामा बस्न बाध्य बनाएको छ । घर देख्दा भत्किन खोज्ने मन अहिले अलि बलियो भएको छ सुमित्राको ।

टहरामा बसेर भएपनि दैनिकी सहज बनाउने कोशिसमा छिन उनी । यही कोशिसमा सुमित्रा बिहान ४ बजे उठेदेखि तिनैको दानापानी र घाँस दिने, दुध दुहुने कामबाट दिनको शुरुवात हुन्छ । उनको प्राथमिकतामा तीनै गाईभैँसीको हेरचाह पर्छ ।

बिहानको उज्यालो भुईमा खस्न नपाउँदै दुध दुहिसक्छिन् । उज्यालोसँगै उनी ४ किलोमिटर को दुरीमा रहेको स्थानिय मेलाम्ची बजारको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रमा दुध लिएर पुग्छिन् । दुध पु¥याउन उनलाई श्रीमान्ले सहयोग गर्छन् । दुध बिक्रिपश्चात गरेर घर फर्केपछि फेरि दाना, घाँस र भूसा तयार गर्ने र खुवाउने काममै व्यस्त हुन्छिन् । साँझ फेरी दुध दुहुने र विक्री केन्द्र पु¥याउने जिम्मेवारी पनि उनैको छ ।

?

दुई वर्षदेखि दैनिक १८ घण्टा गाईभैँसीको स्याहारमा व्यस्त हुन्छिन् । निर्वाहमुखी कृषिले उनको परिवारको जीविका चलाउन कठिन भएपछि व्यवसायिक जीवन रोजेको उनी वताउँछिन् । ‘अव परिवार चलाउनकै लागि कुनै समस्या छैन ।’

उनी भन्छिन्, ‘फर्म दर्ता गरेकी छु, अझै धेरै गाइभैँसी पाल्ने सोँच बनाएकी छु ।’ वाध्यताले उब्जाएको उनको व्यावसायिक जीवन अव रहरमा परिणत भएको छ ।

अहिले दुध बेचेरै उनको मासिक आम्दानी ५० हजार रुपैयाँ हुने गरेको छ । साहुबाट लिएको ऋण चुक्ता गरिसकेपछि ढुक्क भएकी छिन् । भनिन् ‘आँट गरेर ऋण गरें, दुई छोरी पढ्दै छन्, राम्रै पढाएकी छु ।’ आफूले शुरु गरेको काममा परिवारको साथ र सहयोगले थप हौसला बढेको छ सुमित्राको ।

उनी भन्छिन्, ‘परिवारको साथ र सहयोगले सफल भईरहेकी छु, पारिवारिक समृद्धि त भयो अव सामाजिक समृद्धि पनि गर्नु छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: