बालिकाका हत्यारा भारतबाट पक्राउ


प्रकाशित मिति :2016-08-02 16:24:32

महिला खबर
मोरङ। झापाको बुधबारेमा जबरजस्ती करणीपछि बालिकाको हत्या गरेको अभियोगमा एक ब्यक्तिलाई भारतबाट पक्राउ गरिएको छ। भारतमा लुकेर बसेका राजकुमार राजवंशीलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।

बुधवारे ५ स्थित मामा घर आएकी शान्तिनगरकी ११ वर्षीया तनुजा कोइरालाको सुतैकै ठाँउमा घाँटी रेटेर हत्या भएको थियो। प्रहरीले जवरजस्ती करणीपछि हत्या भएको आशंका गरेको थियो। घटनापछि मामाघरमा काम गर्ने राजवँशी फरार थिए।

भारतको उत्तरप्रदेशको नन्दीपुरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरिप्रसाद शर्माले बताउनुभयो। हत्या भएको दुईहप्ता बितिसक्दा पनि हत्यारा पक्राउ गर्न नसकेको भन्दै विद्यार्थी तथा महिलाअधिकारकर्मी आन्दोलित भएका थिए। शान्तिनगरका बालक्लव र आमा समूहले र्‍याली निकालेर हत्यारा पक्राउ गर्न माग गरेका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: