पुष्पकमल दाहाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित
पक्षमा ३६३ र विपक्षमा २१० मत
महिला खबर
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर राख्नुभएको प्रस्तावको पक्षमा ३६३ मत परेको थियो भने विपक्षमा २१० मत खसेको थियो । सभामुख अनसरी घर्तीले संसद बैठकमा प्रधानमन्त्रीको पक्षमा बहुमत भएकाले पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो । जम्मा ५९५ सांसद मध्ये बैठकमा ५७३ जना सांसद उपस्थित थिए ।
प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पहिलो पटक उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।
Comment Here!