डाक्टरसँग विवाह गराई दिने भन्दै बेचिन लागेकी किशोरीको उद्धार


प्रकाशित मिति :2016-08-03 16:24:11

महिला खबर
कपिलवस्तु । डाक्टरसँग विवाह गर्ने प्रलोभनमा परी भारत जाँदै गरेकी १८ वर्षकी आशा (नाम परिवर्तन) लाई कपिलवस्तुको कृष्ण नगर नाकाबाट उद्धार गरिएको छ । कृष्णनगरको बाटो हुँदै भारत लैजाँदै गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले दुई जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

दाङ घर भएकी आशालाई दाङ घोराही घर भएकी मिनाले नयाँ बस्ती बलरामपुर भारतका ५८ बर्षका सफर अहमद सिद्धिकीसँग विवाह गराइदिने र उनी पेशाले डाक्टर भएको बताएर प्रलोभनमा पारेको अनुसन्धानमा खुलेको प्रहरीले बबताउको छ । सीमा पार गर्ने समयमा छुट्टाछुट्टै पार गर्दै गर्दा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था के.आई नेपालका प्रतिनिधिले शंका लागेर सोधपुछ गर्दा दुवैजनाको कुरा नमिलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

५८ वर्षीय भारतीय नागरिकलाई डाक्टर बनाई विवाह गराई दिने भनी लिएर आएको तर अनुुुसन्धानका क्रममा सत्य तथ्य आधार नभेटिएपछि मुद्दा उनीहरूविरुद्ध मुद्दा चलाउनु परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सञ्जय रिजालले बताउनुभयो । रिजालका अनुसार अदालतबाट म्याद थप गरि अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
पीडित किशोरी  हाल के.आई नेपालको आपतकालीन गृहमा रहेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: