एच आई भी संक्रमितलाई अस्पतालमा चरम विभेद


प्रकाशित मिति :2016-08-04 11:58:08

ज्ञानु पंगेनी
नवलपरासी । एच आई भी संक्रमित भएकै कारण अस्पतालमा चरम भेदभाव भएको एक महिला बताएकी छन् ।  नवलपरासी गैंडाकोट निवासी निर्मला पौडेलले आफूलाई उपचारमा चरम हेलचेक्र्याई गरेको बताएकी हुन् ।

गत असार १ गते रजहरमा सवारी दुर्घटनामा परी गम्भिर घाईते भएर चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा भर्ना भएकी पौडेललाई संक्रमित भएकै कारण १० दिनसम्म अस्पतालले वेवास्ता गरेको र उपचार नगरिदिँदा झन्डै खुट्टा नै गुमाउनु परेको गुनासो पौडेलले गरेकी छन् ।

एच आई भी संक्रमित  निर्मला पौडेल

एच आई भी संक्रमित निर्मला पौडेल

दुर्घटनामा परी पौडेलको घुँडानेरको हड्डी भाँचिएर टुक्राटुक्रा भएको थियो । शल्यक्रिया  गर्नुपर्ने भएपनि अस्पतालले १० दिनसम्म राखेर शल्यक्रिया नगरिदिएको उनले बताईन् । त्यतिमात्रै होईन अस्पतालमा रहँदासम्म आफूमाथि डाक्टरदेखि नर्स र   अस्पताल सफा गर्नेबाट समेत  भेदभावपुर्ण व्यहार भएको  गुनासो पौडेलले गरिन् ।

‘मलाई एच आई भी संक्रमित भनि १० दिनसम्म मेरो घाउमा ड्रेसिङ्ग गरिएन, खुट्टामा १४ वटा र टाउकोमा ७ वटा टाँका लगाएको थियो, निधारमा पनि चोट थियो, टाँका समेत राम्रोसँग नलगाईएको उनी बताउँछिन् । ‘घाउ पाकेर पीप बग्दासम्म १० दिनसम्म सफा गर्न कोही आएनन् । घाउ दुखेर पीडा हुन्थ्यो तर, अस्पतालका डाक्टर र नर्सले मेरो पीडा देखेनन्’ पौडेलले आफ्नो दुःख पोखिन् ।

‘दुर्घटनापछि म वेहोस थिएँ, डाक्टरले रगत जाँच गरेपछि मलाई एच आई भी संक्रमित भएको थाहा पाए, भोलीपल्ट मलाई होस आएपछि तपाईलाई यस्तो रोग रैछ किन नभन्नुभएको भन्दै झर्किए, म भन्ने अवस्थामा नै थिईन ,म आफनो रोग कहीँ कतै पनि लुकाउँदिन,  समाजमा खुलेर बाहिर आएको  व्यक्ति हो, भन्नै नसक्ने अवस्था भएपछि कसरी भन्नु  भनेँ’ पौडेलले भनिन् ।

कुर्न बसेका  पौडेलका आफन्तले पनि पटक पटक ड्रेसिङ्ग गर्न, जाँच गर्न  आग्रह गर्दा समेत वेवास्ता गरेको गुनासो गरे ।
पौडेलका भाई प्रकाश रिमालले  दिदीको  स्वास्थ्य अवस्था दिनप्रतिदिन विग्रँदै गएको भनेर डाक्टरसँंग कुरा राख्दा कुनै चासो नदेखाएको बताए ।

‘१० दिनसम्म दिदीलाई पुरानो मेडिकल राख्यौं, दिदीको अवस्था गम्भिर थियो, शरिरभरी चोटै चोट थियो, संक्रमित भएकाले यस्तो विरामिलाई अस्पतालले झनै बढी उपचार र सर्तकता अपनाउनुपर्ने थियो, तर अस्पतालबाट झनै भेदभावपुर्ण र  अमानविय व्यवहार भयो’ रिमालले भने  ।
IMG_0166
असारको १० गते शल्यक्रिया गर्ने भनि विहान ७ बजदेखि भोकै बस्न भनेर साँझ पाँच बजे शल्यक्रिया कक्षमा लग्ने वेला डाक्टरले अझै एक दुई हप्ता विचार गर्नुपछर्, त्यसपछि हड्डी जोडिएन भने बल्ल शल्यक्रिया गर्ने  भनेपछि पौडेलका आफन्तले उनलाई रातारात नै एम्बुलेन्समा  काठमाडौंको बि एन बि अस्पताल पुर्‍याएको बताए । त्यहाँ पुगेकै दिन खुट्टाको शल्यक्रिया भयो ।

बि एन बी का डाक्टर अविराम सिंहको टोलीले  पौडेलको शल्यक्रिया गरेको थियो ।  असार  ११ गते विहान ४ बजे अस्पताल पुगेर  अपरान्ह १२ देखि शल्यक्रिया भएको थियो ।

बि एन बि मा पुर्‍याएर डाक्टर सिंहले जाँच गरेर घाउ सफा गरिदिएका थिए । उनले यस्तो अवस्था हुँदासम्म किन  शल्यक्रिया नगरेको भनेर तुरुन्तै शल्यक्रिया यसका लागि प्रक्रिया अघि बढाएको आफन्तले बताए । ‘३ / ४ दिन शल्यक्रिया गर्न ढिला भएको भए खुट्टा नै काट्नु पर्ने अवस्था हुने डाक्टरले सुनाए’ पौडेलका भाई रिमालले भने ।

पौडेल नवलपरासीको कावासोतीमा रहेर एच आई भी संक्रमितको क्षेत्रमा १२ वर्षदेखि  काम गर्दै आईरहेको संस्था लुम्बिनी प्लसकी अध्यक्ष हुन् । संक्रमित भएर समाजमा  खुलेर आफूजस्तै संक्रमितका लागि उनले निरन्तर काम गर्दै आईरहेकी छन् ।

संक्रमित भएकाहरूमाथि हुने भेदभाव र लान्छनाविरुद्ध आवाज उठाउने उनीहरूका हक अधिकारका लागि लड्ने व्यक्तिमाथि नै यसरी भेदभावपुर्ण व्यवहार भएपछि आफूले चुप लागेर बस्नु हुदैन यसलाई बाहिर ल्याउनुपर्छ भन्ने अठोट गरेकी उनले आफ्नो स्वास्थमा सुधार आएसँगै यस वारेमा बोलेकी हुन् ।

‘चितवन जस्तो विकसित र  आफूलाई मेडिकल सिटीका रुपमा परिचित गराउनका लागि अगाडि बढिरहेको  क्षेत्रमा रहेको अस्पतालबाट यसरी दुव्यर्वहार हुन्छ भने गाउँका अस्पतालले संक्रमितमाथि गर्ने व्यवहार कस्तो होला ? डाक्टरबाट नै संक्रमितको स्वाथ्यमाथि खेलवाड हुनु सामान्य कुरा होईन’ निर्मला भन्छिन् ।

नबुझेकालाई बुझाउन पर्ने व्यक्तिहरूबाट नै यसरी विभेद हुन्छ भने समाजमा संक्रमित कसरी खुलेर आउन सक्छन ? ’ पौडेलले प्रश्न गरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: