द्वन्द्व रुपान्तरणकी अभियन्ताः कृष्ण कुमारी राइ


प्रकाशित मिति :2016-08-04 16:32:28

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृयाले द्वन्द्वको रुपान्तरण मात्र गर्दैन, फाटेका मनलाई पनि जोडिदिन्छ । उनीहरूको सम्वन्ध उन्नत वन्छ ।

लिलाराज भट्टराइ

1928918_122853231422917_3562702323715968295_n

कस्ता कस्ता आए मिलाउन सकेनन,अव तिमीहरु ? त्यहिपनि महिलाले यो झगडा मिलाउने ? कति हाँस्नु । सात बर्ष भयो यो द्वन्द्व चलेको, यी नानीका त वुवा नै आएका हुन पटक पटक, मिलाउन सकेनन, अहिले छोरी आएकी मिलाउन ? लु सक्दैनौ नानीहरू हो । तिमीहरू गइहाल ।

सात वर्षसम्म चलेको वनको सीमा सम्वन्धि द्वन्द्व हामी मिलाउँछौ भनेर कृष्ण कुमारी राईको नेतृत्वमा पुगेका महिलालाई स्थानीयले पत्याउदै पत्याएनन ।

सुनसरीको भरौल स्थित सप्तकोशी कालिन्द्रा र कौशिका सामुदायिक वनको सीमा सम्वन्धि विवाद बर्षौदेखि थियो । सीमा सम्वन्धि विवादका कारण ती वनका उपभोक्ताहरू बिच कटुता थियो । यतिसम्मकी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वा सचिव वाहिर निस्कनुपरे सुरक्षाका लागि अघिपछि दुइचार जना नलगाइ हिँडन डरमर्दो अवस्था थियो ।

कुन वेला अर्को वन समूहकाले भेटटाएर हान्ने हुनकी भन्ने डर थियो । ती वनको  विवाद मिलाउन जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता जिल्ला महासँघले दर्जनौ पटक कोशिश नगरेका होईनन् । तर विवाद मिल्दै मिलेन । झन पो वढन थाल्यो । सात वर्षसम्म चलेको यो लामो विवाद प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय श्रोत व्यक्ति कृष्ण कुमारी राईको नेतृत्वमा मिल्न सफल भयो । योमात्र होइन उहाँको सहजीकरणमा अहिले सुनसरीमा प्राकृतिक श्रोतमा आधारित पाँच वटा ठूल ठूला द्वन्द्व मिल्न सफल भएका छन् ।

सरोकारवालाले पटक पटक कोशिश गर्दा पनि मिलाउन नसकेका पाँच वटा द्वन्द्वका घटना शान्तिपुर्ण रुपमा मिलाउन सफल धरानकी कृष्ण कुमारी राई अहिले सुनसरी जिल्लामा द्वन्द्व रुपान्तरण गर्ने अभियन्ताका रुपमा परिचित हुनथाल्नुभएको छ ।

प्राकृतिक श्रोत जल जमिन र जँगलमा हुने द्वन्द्व रुपान्तरण गर्दै आएको सँस्था प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रवाट १८ महिने  द्वन्द्व रुपान्तरण सम्वन्धि तालिम लिएकी राई द्वन्द्व रुपान्तरणका लागि स्थापित वन्दै गरेको नाम हो ।

सुरुमा द्वन्द्व मिलाउँछु भनेर पुग्दा  द्वन्द्वरत पक्षहरूले ओठ लेप्र्याउने । यतिका वर्षसम्म कस्ता कस्ता आए मिलाउन सकेनन । अव तपाइहरुले मिलाउने ? असम्भव ! प्रायले यसै भन्ने गरेको सुनाउँछिन् राई । तर प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृयामा छिरेर लामो समय लगाएर उनले  द्वन्द्वलाई मिलाएरै छाड्छिन्  । उनी प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सुनसरीमा कार्यरत राष्ट्रिय श्रोत व्यक्ति हुन् । उनलाई द्वन्द्व रुपान्तरणमा सहयोग गर्ने  दुईजना सहजकर्ता पूर्णकुमारी थापामगर र भगवति वस्नेत  छन् ।
10334262_118513978523509_1304642919468502131_n

लामो समयपछि द्वन्द्व मिलेपछि द्वन्द्वरत पक्षहरू यति खुशी हुन्छन कि एकआपसमा अविर र माला लगाएर खुशी साटासाट गर्छन्’ राइ भन्छिन् । त्यो वेला कृष्ण कुमारी राईका आँखामा पनि आँसु थामिदैन । भन्छिन् ‘द्वन्द्व रुपान्तरण गर्नु चानचुने कुरा होइन,त्यसमा पनि हामी द्वन्द्वका घटना मिलाउनका लागि छान्दा नै पुरानो र जटिल खालका छान्छौं ।’
यसका लागि पटक पटक सम्वन्धित स्थानमा जानुपर्ने उनी बताउँछिन् ।

‘पक्षका मान्छेलाई भेटनुपर्छ । द्वन्द्वलाई प्रभाव पार्ने अरु व्यक्ति पहिचान गरेर उनीहरू सँग कुरा गनुपर्छ । हिजो सम्म मारामार गर्न तयार ब्यक्तिहरूलाई एकै ठाँउ ल्याएर पटक पटक छलफल गराउनु पर्छ । तर अन्तिममा जव उनीहरू मिल्छन् । एक आपसमा माला र अविर लगाइदिन्छन त्यो वेला पहिलाको सवै दुःख भूलेर भावविभोर वन्छु अनि आँखावाट खुशिका आँसु थाम्न  सक्दिनँ’ राइृ आफ्नो अनुभूति सुनाउँछिन् ।

 ‘त्यतिवेला पहिला नपत्याउनेहरू आएर उहाँलाई भन्छन् सुरुमा त पत्यार लागेको थिएन, तर पटक पटक आएर लामो समय लगाएर भएपनि हामीलाई मिलाइदिनुभयो धेरै धेरै धन्यवाद ।’

हिजोसम्म वोलचाल नभएका, भरसक एउटै वाटो पनि हिँडन नमान्ने,सामाजिक कार्यमा समेत आउजाउ हुन छाडेका व्यक्तिहरू बीच मेलमिलापपछि नङ र मासुको जस्तै सम्बन्ध बनेको निकै उत्साहित हुने कृष्णकुमारी राई वताउँछिन्।

उनी भन्छिन् “प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृयाले द्वन्द्वको रुपान्तरण मात्र गर्दैन, फाटेका मनलाई पनि जोडिदिन्छ । उनीहरूको सम्वन्ध उन्नत वन्छ ।’ द्वन्द्वरत पक्षहरू आफूहरू मनैदेखि मिलेको सगर्व वताउँदा उनलाई सन्तुष्टि मिल्छ  ।

 सुनसरीका पाँच वटा द्वन्द्व रुपान्तरणको नेतृत्व कृष्ण कुमारी राईले नै गरेकी हुन् ।  द्धन्दरत पक्षहरूको भूमिका नै द्वन्द्व रुपान्तरणमा महत्वपुर्ण हुने उनी बताउँछिन् । त्यसैले आफूले नभइ उनीहरू नै मिलेको उनको ठहर छ ।  भन्छिन् ‘आफूहरूले त द्वन्द्व रुपान्तरणको प्रकृया मात्र पस्किएको हो ।’ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण प्रकृया सुरु भएपछि जस्तो सुकै समस्यापनि समाधान गर्न सकिने उनको दावी छ । राष्ट्रिय श्रोतव्यक्ति राईका अनुसार सुरुमा पूर्व तयारी गरेर द्वन्द्वको नक्साँकन गरेपछिमात्र द्वन्द्वमा संलग्न पक्षहरूसँग पहिलो पटक छलफल गरिन्छ । त्यसपछि द्वन्द्वरत दुवैपक्ष र सरोकारवाला समेतलाई समेटेर द्वन्द्व रुपान्तरण सहयोगी ‘माकुरा समूह’ गठन गरिन्छ ।  माकुरा समूहका सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिएर प्रकृया प्रस्ताववारे द्वन्द्वमा संलग्न पक्षहरूसँग अलग अलग छलफल गरिन्छ । संयुक्त वैठक वसेर प्रकृया प्रस्ताव पारित गरिन्छ ।  अनि द्वन्द्वमा संलग्न पक्षहरूको धारणा संकलन गरिन्छ । माकुरा समूहको वैठक वसेर साझा सवालमा सहमति गरि साझा सवालको खेस्रा तयार गरिन्छ । साझा सवाल पारित गरेपछि त्यहिवाट द्वन्द्वरत पक्षहरूलेनै सहमतिको उत्तम विकल्प तयार पार्छन् । साझा  विकल्पको वारेमा द्वन्द्वरत सवै पक्षसँग छलफल गरिन्छ । आम भेला गरी व्यापक छलफल गरेर विकल्प पारित गरपछि  द्वन्द्व शान्तिमा रुपान्तरण हुन्छ । अन्त्यसम्ममा द्वन्द्वका दुवै पक्षले जीत जीतको अनुभूति गर्ने भएकाले पुन नवल्झिने गरी द्वन्द्व दीगो तरिकाले मिल्ने  राईको दावी छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुप वहादुर थापाका अनुसार देशभरका १७ जिल्लामध्ये पूर्वका छ वटा जिल्लामा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम सन्चालित छ । छ वटा जिल्ला मध्ये चारवटा जिल्लाका राष्ट्रिय श्रोत व्यक्ति महिला छन् । उनीहरूले ३० औ वर्षदेखि मिल्न नसकेका द्वन्द्व उत्साहजनक ढँगले रुपान्तरण गरेको अनुभव थापा सुनाउँछन् ।  प्राकृतिक श्रोतमा भएकामात्र होइन अन्य द्वन्द्व मिलाइदिन समेत उनीहरूलाई अनुरोध आउन थालेको थापाको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: