राहत नपाएको वाढी पीडितको गुनासो


प्रकाशित मिति :2016-08-05 11:06:41

 पार्वती पाण्डे
कपिलवस्तु । साउन ११ गते परेको अबिरल बर्षाका कारण आएको बाढीले पुरै घर भत्किएका पीडितहरूले अहिलेसम्म राहत पाएका छैनन् ।  अखिल नेपाल महिला संघ जिल्ला समिति कपिलवस्तुले   विहीवार वाढी पीडितको अनुगमनका क्रममा आफूहरूले अहिलेसम्म राहत नपाएको बताएका हुन् ।    बाढी पीडितले राहत पाएका छन छैनन् ,अवस्था वुझ्न स्थलगत अनुगमन  गएका हौं, पुरै भत्किएका बाणगंगा नगरपालिकाका करिव एक दर्जन घरपरिवारले  पुर्ण राहत नपाएको भेटायौं’ अनेमसंघका जिल्ला अध्यक्ष शारदा शर्माल भनिन् ।

तस्विर : बाढि पिडितको अवस्था वुझ्दै नेकपा एमाले कपिलवस्तुकी विभागका केन्द्रीय सदस्य विमला घिमिरे ।

 वाणगंगाका बाढी पीडित

केन्द्रीय सदस्य घिमिरेका अनुसार  नगरपालिका अन्तरगत वडा नं  १५ मोर्मी बुड्का निवासी  लालकुमारी कार्की , गंगा कार्की , खिम कुमारी कार्की  जगदिशश्वर घिमिरे , शिवलाल अधिकारी , टंक प्रसाद खनाल , वडा नं १५ कोईली पारका गंगा शाहि , दामोदर आचार्य , धनकुमारी थापा मगरले क्षति पाएका छैन । त्यस्तै  वडा नं १६ चौवा मन्दिरटोलका रामवहादुर केशी , लोकवहादुर परियार , चेतवहादुर विक , रुम वहादुर विक र वडा नं १७ पश्चिम जिनुवाका भोजवहादुर टण्डन , कमला सिंहले राहत नपाएका हुन् । बाढीले घर भत्किएका स्थानमा कतिपय पीडितले आफैँ घर बनाउन थालेका छन् ।

पुरै घर भत्किएकाले जिल्ला प्रशासनबाट  ५ हजार रुपैयाँ पाउछ भन्ने समेत अनुगमनका क्रममा जानकारी दिइएको अनेमसंले जनाएको छ ।  अन्य राहत भने विभिन्न निकायबाट पाएको पीडितले वताएका थिए । यसक्रममा बाढीका कारण  विरामी  परेकालाई भिटामिन बीकम्पेलेक्स , जिवनजल , मेट्रो वितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिइन्  ।

प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले बाढीले घर पुरै भत्किएका भनी १ सय ५० जनाको प्रारम्भिक प्रतिवेदन कार्यालयमा  आएको जनाउँदै १ सय ३५ जनाले ५ हजार रुपैयाँका दरले राहत वुझेर लगिसकेको बताएकी छन्  । ‘बाढी पीडित कोहीनछुटोस् र पीडित नभएकोले राहत नलियोस् भन्ने हाम्रो कामना हो , सोही अनुसार राहत वितरण भएको छ’ प्रजिअ घिमिरेले भनिन् ।

 जिल्ला प्रशासनको अगुवाईमा प्रहरी , स्थानिय निकाय र संघ संस्थाले राहत बाँडिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताइन् । पुरै घर भत्किएकाहरूले घर आफैँ बनाएमा २/२ बन्डलका दरले जस्ता पाता समेत प्रशासनले दिन जानकारी  प्रजिअ घिमिरेले दिइन् ।

जिल्लामा अहिलेसम्म एक हजार घर धुरी बाढी पीडित रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनको तथ्यांक अनुसार जिल्लामा किड्स , पिस नेपाल , आइएनएफ , सनसाइन , सक्रिय सेवा समाज , निमार्ण व्यवसायी संघ , उद्योग वाणिंज्य संघले राहत दिएका छन् । ति संस्थाले चामल , तेल , दाल , नुन , तन्ना , झुल , पिफम जस्ता सामग्री बाढी पीडितलाई वितरण गरेका छन् । शुक्रवार युनिसेफको सहयोगमा जिल्लाका ५ सय बाढी पीडित घरधुरीलाई कम्मल, झुल, बाल्टीसहितका सामग्री वितरण गरिने प्रशासनले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: