खोपको महत्वबारे सचेत आमाहरू


प्रकाशित मिति :2016-08-05 15:20:28

सर्मिला बुढाथोकी

1

दोलखा । भिर्कोट गाविसकी ६९ वर्षीया कुमारी काफ्लेले स्वयंसेविका भएर काम गर्न लागेको २५ वर्ष भयो । पहिले– पहिले स्वास्थ्यमा काम गर्दा ग्रामिण क्षेत्रमा औषधि भन्दा बढी धामी झाँक्रिको विश्वास गरिन्थ्यो तर अहिले भने यो धारणा फेरिएको उनको  अनुभव छ ।

‘शुरुमा बालबालिकालाई खोप लगाउनु पर्छ भन्यो भने किन लाउने खोप ? खोप लगायो भने झन् विरामी हुन्छन् भन्दै ग्रामीण महिला रिसाउँथे, काफ्ले भन्छिन्– पहिले खोप लाउनु हुँदैन भन्नेहरू अहिले आफैँ नातिनातिनी च्यापेर स्वास्थ्य चौकी पुग्दा खुशी लाग्छ ।

पवटी गाविसकी सिता पौड्याल खोप लगाउने कुरामा आफू सचेत रहेको बताउँछिन् । खोप लगाउँदा हुने फाईदा र बेफाईदाको बारेमा स्वास्थ्य स्वयंसेविका र सञ्चारमाध्यमबाट थाहापाउने गरेको दुई सन्तानकी आमा पौड्यालको भनाई छ ।  बालबालिकालाई आवश्यक पर्ने खोप लगाउन आउने आमा वा अभिभावकलाई स्वास्थ्य संस्थाहरूले खोपका बारेमा राम्रोसँग परामर्श तथा जानकारी गराउने गरेका छन् । हरेक स्वास्थ्य संस्थाले खोप सम्वन्धि पर्चा, पम्प्लेट वा कार्ड दिने गरेकाले अहिले प्रत्येक आमा सचेत रहेको चरिकोट अस्पतालकी एमसिएच इन्चार्ज प्रतिमा भट्टराई बताउँछिन् ।

2

प्रत्येक गाविस तथा नगरपािलकाको वडामा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिकाले जिल्लालाई पूर्ण खोपयूक्त जिल्ला घोषणा गर्न मद्दत पुर्‍याएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत राजाराम कार्कीले जानकारी दिए । अहिले ११ रोग विरुद्धको खोप प्रत्येक बालबलिकाले जन्मेको १५ महिना भित्र लगाउनु पर्ने र ती सबै प्रकारका खोप जिल्लामा उपलब्ध भएको कार्की बताउँछन् । महिला सवयंसेविका, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी सबैको सहयोगमा खोपको महत्वबारे जानकारी गराईएको र हरेक आमा बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने कुरामा सचेत रहेकै कारण  गत चैत महिनामा दोलखा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिएको कार्कीको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: