बाढी पीडितलाई मल्हम लगाउँदै महिला


प्रकाशित मिति :2016-08-05 16:37:59

महिला खबर
सुनसरी । छोरीले आत्महत्या गरेको आठमहिना वित्न पाएको थिएन । छदाखाँदाको लक्काजवान छोराको निधन भयो । खोलामा आएको वाढीले गाँउ जलमग्न । सेनाले नाउमा चढाएर स्थानीयको उद्धार गर्‍यो । स्थानीय हिमाली उच्च माविमा राखियो । त्यहि दिन मृगौला पीडित छोरा देवनारायणको डाइलासिस गर्न लैजानु पर्ने थियो । वाढीको कहरले लैजान सकेनन । देवनारायणको ज्यान गयो । वाढीवाट विस्थापित भएर वासका लागि स्कुल पुग्न नपाउँदै प्रसूति ब्यथाले वुहारीलाई च्याप्यो । हत्त न पत्त अस्पताल पुर्‍याएर शल्यक्रियापछि वच्चाको जन्म त भयो, वाढीका कारण विस्थापित भएर स्कुलको वास । खुवाउने कुरा केही छैन । सुत्केरी महिला र वच्चाले विजोग सामना गर्नु पर्‍यो ।

2

विपत्ति एक्लै आउँदैन भने जस्तै भयो झापाको भद्रपुर नगरपालिका १ भौसावारीका निमलाल गणेशको परिवारमा । एकपछि अर्को गर्दै  विपत्ति वर्षिरहे । यसरी विपत्तीको सामना गरिरहँदा हिजो झापाको मेचीनगर क्षेत्रका अगुवा महिला राहत सामग्री लिएर त्यो परिवारमा पुग्दा परिवारका सदस्यको मात्र होइन त्यहाँ पुगेका सवैको आँखामा आँसु थामिएनन् ।

भौसावारीका वाढीपीडितका लागि राहत लिएर महिला समूह मेचीनगरवाट त्यहाँ पुगेका हुन । केही दिन अघि मेचीनगर नगरपालिका भरका महिला समूहको वैठक वस्यो । वैठकले यसपालिका तीज तडक भडक नगरि सामान्य रुपमा मनाउने वरु तीज खर्च काटेर वाढी पीडितलाई राहत प्रदान गर्ने निर्णय गर्‍यो ।

सोही निर्णय वमोजिम प्रत्येक समूहवाट दुई दुई हजार रुपियाँ उठाएर उनीहरू भौसावारीका वाढी पीडितका लागि राहत वितरण गर्न त्यहाँ पुगेका हुन् ।

13892038_1820141978218950_5858260463235853078_n

समाज सुधार महिला समूहकी अध्यक्ष संगिता थापाका अनुसार त्यो परिवारमात्र होइन त्यहाँका २५ जना भन्दा धेरै सुत्केरी र गर्भवती महिला वाढीका कारण प्रभावित भएका छन् । भएको सवै वाढीले वगाइदियो खाने लाउन कै समस्या भएकाले सुत्केरी र गर्भवती महिलाले विशेष स्याहार पाउने अवस्था छैन ।

तीज खर्च कटाएर  मेचीनगरका  महिला समूहले २५ जना सुत्केरी तथा गर्भवती महिलालाई  साडी, तोरीको तेल, गहुँको पीठो, आइरन चक्की, क्यालसियम,सेनेटरी प्याडलगायतका अति आवश्कीय सामग्री वितरण गरेका हुन् । सुत्केरी महिलाको  घरमै पुगेर राहत वितरण गरे  । ‘त्यहाँका वाढी पीडित विशेष गरेर महिलाको अवस्था अत्यन्तै दयनीय देखियो’ अध्यक्ष संगिता थापा भन्नुहुन्छ  । महिला र वालवालिकाले आधारभूत आवश्यकता नै पुरा गर्ने अवस्था छैन । त्यहाँका पीडितका लागि गतिलै ढँगले राहत वितरण गर्नुपर्ने अवस्था भएको उहाँ बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: