श्रीमतीको हत्या प्रयास पछि आत्महत्या


प्रकाशित मिति :2016-08-05 16:47:12

पार्वती पाण्डे
कपिलवस्तु  । कतारबाट घर आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसका टेकबहादुर केसीले बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि आत्महत्या गरेका छन् । कतारबाट आएको दुई घण्टापछि उनले श्रीमती सिर्जना के.सीको हत्या गर्न खोजेका थिए ।

नुवाकोट गाविस करौदीका टेकबहादुर १० महिनामा कतारबाट घर फर्केका थिए । उनले घरमा आएलगत्तै श्रीमती २४ वर्षकी सिर्जनालाई धारिलो हतियारले हानेर मार्न खोजेका थिए । श्रीमतीको  हत्या प्रयासपछि टेकबहादुरले घर नजिकै रहेको काभ्राको बोटमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनुभयो ।

सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएको छ । उनको स्थिति सामान्य हुँदै गएको अस्पतालले जानकारी गराएको छ । उनीहरूको तीन वर्षकी एक छोरी छन् ।  टेकबहादुर विदेशबाट घर फर्किँदा घरमा वृद्ध ससुरा र आफू मात्रै रहेको सिर्जनाले बताएकी छन् । श्रीमानले केही काम छ भन्दै कोठामा लगेर आफूलाई मार्न खाजेको अस्पतालमा रहेकी सिर्जनाले बताइन् । ‘टेकबहादुरले पहिला बाबुलाई घाँटी थिचेर मार्ने प्रयास गरेका थिए । बुबा भाग्न सफल हुनुभयो । पछि मलाई बसुलाले हाने’ सिर्जनाले भनिन्, ‘मैले रोक्न सके र बाँचे ।’

सिर्जनाको टाउको र शरिरको पछाडी पट्टिको भागमा चोट लागेको छ, सिर्जना र उनका ससुरा चिच्याएर हार गुहार गरेपछि छिमेकी आइपुगेका थिए ।  टेकबहादुर त्यतिबेलै भागेर घर नजिकैको रुखमा पुगी झुण्डियर आत्महत्या गरेको स्थानीय बासिन्दाको भनाई छ । टेक बहादुरले बाबु र श्रीमतीको हत्या गर्ने योजना किन बनाएका थिए र आफैँ आत्महत्या किन गरे भन्ने बिषय उनको मृत्युसँगै गौण भएको छ । त्यस विषयमा अनुसन्धान गर्ने प्रहरी निरिक्षक सुजनराज भण्डारीले बताउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: