सम्बन्धविच्छेदले बढायो बालबालिकामाथिको जोखिम


प्रकाशित मिति :2016-08-06 10:00:53

 विदुर आचार्य

divorce - Copyसिन्धुपाल्चोक । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा एक दम्पतीले सम्वन्धविच्छेदका लागि निवेदन दिए । टेकानपुर घर भएका सो दम्पतीको पारिवारिक मनमुटावले उग्र रुप लिएकै  कारण कानुनी रुपमै छुट्टिनेसम्मको निर्णयमा पुगे र प्रहरी कार्यालयसम्म आए । प्रहरीले धेरै सम्झाउँदा समेत  उनीहरू मिल्ने संकेत कतै देखिएन । यो सवै घटनाको साक्षी समेत रहेका सोही दम्पतीका दुई छोरीे प्रहरी कार्यालय आइपुगेदेखि निरन्तर रोइरहेका थिए । दश वर्षीया वालिका भन्दै थिईन्, ‘प्लिज बाबा, ममी सँगै बस्नुस् न !’

विषय वुझ्ने र मिलाउने सन्दर्भमा प्रहरी उपरिक्षक रविन्द्र केसीले ‘यी साना छोरी र आफ्नो लागि पनि सम्भव भएसम्म तपाईहरू मिल्नुस । यति सानो सानो विषयमा ठूलो निर्णय नराम्रो हुनसक्छ, भन्दै सम्वन्धविच्छेद भएको खण्डमा यी नानीहरूलाई कस्ले हेर्छ ?’ भन्दै सम्झाइरहेका थिए ।

छोराछोरीको जिम्मेवारी वावुको हुनुपर्ने ती वालिकाकी आमाको राय छ भने जिम्मेवारी वहन गर्न तयार रहे पनि कामको शिलशिलाका कारण आफ्ना छोरीले पारिवारीक ममता पाउन नसक्ने वुवा वताउँछन् ।

यो दम्पतीले सम्बन्धविच्छेदको कानुनी वाटो नै अवलम्वन गरिसकेकाले भोली यी दुई वालिकाको अवस्था झनै जटिल वन्ने के.सी बताउँछन्  । जसरी सम्बन्धविच्छेदको कानुनी वाटोमा लागेदेखिनै यी वालिकाको आँखामा आँसु वगेको छ , जीवनको लामो समय यीनको आँखामा आँसु ओभाउन मुस्किल छ ।

चारवर्ष अघि नै सम्वन्धविच्छेद गरी वावुआमा छुट्टै वसेपछि एक्लिनुपरेको पीडा छ जलविरेकी सकुन्तला राय(नाम परिवर्तन) लाई । वावुआमाको सम्वन्धविच्छेदपछि उनी आमासँग वस्न मञ्जुर भईन् । केही समयपछि आमा कामको शिलशिला भन्दै छोरीलाई आवासीय विद्यालयमा भर्ना गराईदिईन् । झण्डै एक वर्षदेखि उनले आफ्ना वावुआमासँग भेटेकी छैनन् । ‘अभिभावक सम्झँदा  झनै पीडा हुने रहेछ’  उनी भन्छिन् ।

विनासकारी भूकम्पपछि वालवालिका एक्लिने क्रम झनै वढेको महिला तथा वालवालिका कार्यालयकी अधिकृत सन्ध्या राजेश्वरी सिंह वताउँछिन् । ‘आफ्ना वालवालिकालाई अन्यत्र लैजान आफैँ सिफारिस लिन आउने कतिपय अभिभावक छन् । अभिभावकको मायाबाट टाढा राख्न हुन्न भन्ने अझै थाहा छैन’ उनी भन्छिन् । अन्य कारण भन्दा पनि दोस्रो विवाह भएपछि पारिवारीक लफडा वढ्ने हुँदा  वढी वालवालिका पीडित हुने गरेको उनको अनुभव छ  । भूकम्पपछि वेसाहारा वालवालिका राख्न स्थापना गरिएको वाल हेरचाह केन्द्रमा अहिले  कोटा भन्दा वढी हुनुले परिवारले जिम्मेवारी कम वहन गरेको प्रष्ट भएको उनी बताउँछिन्  । कतिपय वालवालिका स्वयं परिवारमा पुनस्थापित हुन नसकी फेरी हेरचाह केन्द्रमा फर्केका छन् । पारिवारीक माया ममता नपाएकै कारण वालवालिका परिवारमा पुनःस्थापित हुन नसकेको अधिकृत  सिंहको तर्क छ ।

सरदर महिनामा सात/आठ वटा सम्वन्धका मुद्दा प्रहरीमा आउने गरेको  प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्याङ्क छ । ‘सम्वन्धविच्छेद सामान्य अवस्थामा नहुने भएकाले यस्ता उजुरीमा महिलाको मुद्दालाई प्राथमिकता दिइन्छ’ केन्द्रका प्रहरी सहायक निरीक्षक श्याम कँडेल भन्छन्, ‘वालवालिकाको सर्वोत्तम हित  हुने गरी प्रकृया अगाडी वढाउन अनुरोध गर्ने हो, कतिपय वालवालिका जोखिममा पर्ने अवस्था देखिएका मेलमिलापकोलागि पनि अधिकतम प्रयत्न कायम रहन्छ’ उनले भने ।

बाबुआमाको सम्वन्धविच्छेदवाट एक्लिएका वालवालिकामा नकारात्मक सोच विकास हुन सक्ने मनोसामाजिक परामर्शकर्ता मिलन लामा वताउँछिन् । ‘एक्लोपन  महसुश हुने, कुलतमा फस्न सक्ने प्रवल सम्भावना हुने  लामाको भनाइ छ । चरम समस्या भएर नै एक महिला सम्वन्धबाट छुटकारा चाहन्छिन्, तर महिलासँगै वालवालिकाको सर्वाेत्तम हित अनुकूल निर्णय अभिभावकले गर्नुपर्ने मनोसामाजिक परामर्शकर्ता लामाको सुझाव छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकमा गत आर्थिक वर्षमा सम्वन्धविच्छेदका  ७२ वटा मुद्दा दर्ता भए । जसमध्ये ५५ मुद्दा फैसला भएको श्रेस्तेदार महेन्द्रवहादुर कार्की वताउनुहुन्छ । अंशसँग जोडिएका मुद्दा समेत गरी अझै वढी सम्बन्धविच्छेदका मुद्दा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: