स्वास्थ्य चौकीमा प्रसूति गराउने महिला बढे


प्रकाशित मिति :2016-08-07 11:15:15

अप्सरा समाल
उदयपुर । उदयपुरको ग्रामिण भेगको स्वस्थ्य चौकीमा प्रसूति गराउने महिलाको संख्यमा अहिले वृद्धि भएको छ । जिल्लाको पहाडी गाविस जाते स्वास्थ्य चौकीमा प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएको हो ।

स्वास्थ्य चौकी जातेमा प्रसूति गृह बनेपछि एक वर्षको अवधिमा ५७ जनाले प्रसूति गृहमा सुत्केरी गराएको जाते स्वस्थ चौकीले जनाएको छ । उदयपुरको जाते, वलम्ता, ताम्लिछा, लाफागाउँ र बाराहा आसपासका गाविसबाट महिला सुत्केरी गराउन आउने गरेको अस्पतालले जनाएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र हुरेन्डेक उदयपुरको साझेदारीमा सन्चालित स्वास्थ्य चौकीमा मातृशिशु, स्वास्थ्य तथा पोषणा परियोजनाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई एक हजार बराबरको पोषणयुक्त खानेकुरा प्रदान गर्ने गरेको छ । अस्पतालका अनुसार परिवार नियोजन सम्वन्धि विभिन्न कार्यक्रम सन्चालन गर्ने गरिएको छ । परिवार नियोजन सेवा लिनेमा अस्थाई परिवार नियोजन नरप्लान्ट सेवा लिने ४४, डिपो लिने ५३, पिल्स चक्की लिने १९, विरामी जाँचमा उपस्थित भएकाको संख्या ५ हजार ४ सय १६ जना रहेको स्वास्थ्य संस्थाका प्रमुख फिरोज अलिले बताउनु भएको छ । त्यस्तै नियमित गर्भ जाँच गराएबापत ४ सय, स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत एक हजार पाउने व्यावस्था रहेको स्वस्थ चौकीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: