यमुना खनाल
सिरहा । थप दाईजो माग गर्दै छेका भईसकेको विवाह रद्ध गर्ने एकजनालाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिकाका मोहम्मद साकिर मियाँ रहेका छन् । मियाँले छोरा मोहम्मद आशिक मियाको विवाह सोही ठाँउकी युवतीसँग भदौमा गर्ने पक्का गरी छेका गरेका थिए ।
केटापक्षले थप दुई लाख ७० हजार नगद दाईजो दिए मात्र विवाह गर्ने नभए नगर्ने भन्दै छेकामा दिएको सामान फिर्ता गरेर विवाह रद्ध गरेको अधिकारकर्मी पुनम महतोले बताउनु भयो ।
केटा पक्षले दाईजोमा मोलमोलाई गर्दै छेकाको सामान फिर्ता गरेपछि केटी पक्षले प्रहरीलाई खबर गरेका थिए । घटना बारे जानकारी पाउनासाथ घटना स्थल पुगेको प्रहरीले बेहुलाका बुबा साकिर मियालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।
स्थानीय बुद्धिजिबी, प्रहरी र केटा र केटी पक्ष बीच ईलाका प्रहरी कार्यालय गोलबजारमा भएको छलफलमा आगामी मंगलबार दिउसो १ बजेसम्म छेकामा लागेको सबै खर्च दिने, सहमति भएको छ । सहमति अनुसार केटा पक्षले सम्पूर्ण खर्च नदिए प्रहरीले मुद्दा चलाउने सहमति दुबै पक्षबीच भएको प्रहरीले जनाएको हो ।
Comment Here!