पार्वती पाण्डे
कपिलवस्तु । मानिसले कुनैपनि गम्भिर कारण नभई आत्महत्यासम्म गर्ने योजना बनाउँदैन । कुनै न कुनै पीडा नभईकन घाँटीमा पासो लगाउन कुनै पनि मानिस वाध्य हुँदैन । चरम पीडाले छटपटाएर मर्नुको विकल्प नदेखेर मानिस आत्महत्या गर्ने गरेको तथ्यहरू वाहिर आउने गरेका छन् । रोजगारी नपाएका कारण, पारिवारिक तनाव , गरीबी , अशिक्षाका कारण आत्महत्या वा विष सेवन गर्ने गरेको प्रहरीले बताएको छ ।
कपिलवस्तुमा तीन वटा आर्थिक वर्षमा १ सय २३ महिलाले आत्महत्या गरेको तथ्य जिल्ला प्रहरीमा रहेको छ । प्रहरीमा रहेको तथ्यांक अनुसार २०७०÷७१ मा २७ जना महिलाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर १३ , विष सेवन गरि १३ र आफै आगो लगाएर १ जना गरि २७ जनाले आफैँलाई मृत्युको मुखमा धकेले ।
त्यस्तै कार्यालयको तथ्यांक अनुुसार २०७१÷७२ मा झुण्डिएर ३५, विष सेवन गरि २७ र आफैँ आगो लगाएर १ जना गरी ६३ जनाको मृत्यु भएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्र्ष आत्महत्या गर्नेेको संख्या घटेको तथ्यांकले देखाउँछ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ३३ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विष्णु कुमार के. सीले घरेलु हिंसा, पारिवारिक तनाव, अशिक्षा, गरीबीका कारण महिलाले आत्महत्या गर्ने गरेको भेटिएको बताउँछन् । उहाँका अनुसार १६ वर्षदेखि २५ वर्ष उमेरका महिला आफुखुशी विवाह गर्न नपाउँदा पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।
यसलाई न्युनिकरण गर्न प्रहरीले पनि विभिन्न अभियान चलाएको बताएको छ । मानसिक पीडा भएका, घरेलु हिंसामा पिल्सिएका महिलालाई सम्झाउने वुझाउने काम प्रहरीले गरेको जनाएको छ । पछिल्ला दिनमा वालवालिकाले पनि आत्महत्या गर्ने गरेको वताउँदै उनले विद्यालयमा र घर परिवारमा वालमैत्री वातावरण हुनु पर्नेमा उनले जोड दिए । वालवालिकाको मनोभावना वुझ्ने काम शिक्षक र अभिभावकले गर्नु पर्ने उनको भनाइ छ ।
महिला सेल प्रमुख इन्दिरा गिरीका अनुसार चरम घरेलु हिंसा खेप्न नसकेर महिलाले आत्महत्या गर्ने गरेका छन् । ‘यातना, डर धम्की र आफुखुशी विवाह गर्न नपाएका कारण पनि युवायुवतीले आत्महत्या गर्ने, विष पिउने गरेको छन’ उनले भनिन् ।
आत्महत्या जस्ता घटनालाई रोक्न सबै क्षेत्र लाग्नुपर्ने सेल प्रमुख गिरीको भनाई छ । विष सेवन, आत्महत्या, आफैँलाई आगो लगाएर आत्महत्या गर्नेमा १६ वर्षदेखि ६० वर्ष उमेरसम्मका रहेको जानकारी गिरीले दिइन् ।
आत्महत्या नियन्त्रण र न्युनिकरणका लागि जिल्लामा कुनैपनि संघसंस्थाले काम नगरेको गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण श्रीवास्तवले वताए । आत्महत्याका घट्नालाई रोक्नुपर्छ, यसमा राज्यले पनि समयमै ध्यान पुर्याउनु पर्छ, उनले भने । ‘विभिन्न कार्य गर्ने संघ संस्थाले पनि आत्महत्या , विष सेवन जस्ता विषयलाई कार्यक्रममा राखी चेतना मुलक कार्यक्रम गर्न आवश्यक छ’ उनले भने । घरदेखि गाउँ समाजमा शान्तिको वातावरण सृजना गर्नु, घरेलु हिंसा रोक्नु, वालवालिकालाई वालमैत्री वातावरण राख्न सकिएमा यस्ता डरलाग्दा घटना नियन्त्रण हरने उनको भनाई थियो ।
महिलाको सम्मान र वालवालिकामैत्री वातावरण, रोजगारी भएमा आत्महत्या , विष सेवन जस्ता काम न्यून हुने महिला मानवअधिकार मञ्चका केन्द्रिय सचिव चेतना अधिकारीले वताइन् । घरेलु हिंसा रोक्न सकेमा यस्ता घट्ना स्वतः घट्ने महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुका अध्यक्ष मिना परियार बताउँछिन्
Comment Here!