पुर्वी नाकाबाट महिला तथा बालबालिका हराउने क्रम बढ्दो


प्रकाशित मिति :2016-08-07 13:41:05

महिला खबर

इलाम । गत आर्थिक वर्षमा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको  जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।  हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको तीन हप्तामा सातजना महिला हराएको उजुरी प्रहरीमा आएको छ । हराएका महिला तथा बालबालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा निवेदन दिएका हुन् । हराउनेमा १६ देखि ४० वर्ष उमेर समूहका महिला रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवका अनुसार भारतको दार्जिलिङस्थित पिएसडी कम्पनीमा रोजगारीमा लगाइदिने बहानामा  गाउँ गाउँबाट युवा–युवतीलाई भारत लैजाने गरेको  पाइएको  छ ।

इलामको पूर्वमा दर्जनौं खुला सीमा नाका रहेकाले दलालले ललाइफकाइ र रोजगारीमा लगाइदिने बहानामा महिला तथा बालबालबालिकालाई भारत लैजाने गरेको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

रोजगारीको प्रलोभनमा परी भारततर्फ हिँडेका ५३ जना महिला तथा बालिकालाई प्रहरीको सहयोगमा पूर्वी भारतीय सीमावर्ती नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको माइती नेपालका संयोजक होम ढकालले जानकारी दिनुभयो ।

अघिल्लो आव २०७१ / ७२ मा पनि १२५ जना महिला हराएका थिए । जसमा ८६ जना फेलापरे पनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । सोही आर्थिक वर्षमा पूर्वी भारतीय सीमा क्षेत्रबाट ३५ जना महिला र बालिकाको उद्धार गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: