महिला खबर
दोलखा । करिब एक हप्ताअघिबाट दोलखाको लापिलाङ गाविसको जनज्योती माविमा अध्यनरत विद्यार्थीमा देखिएको जरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्या नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
विद्यालयमा अध्यनरत कक्षा ६, ७ र ८ का अधिकांश विद्यार्थीमा जरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्या देखिएर विद्यालय आउन नसक्ने अवस्था बनेपछि जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराई शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको थियो ।
प्रदूषित पानीका कारण लापिलाङ गाविसको वडा नम्बर ८ मा इन्फ्लुएनजा भाईरस देखिएपछि गाविसमा रहेको सामुदायिक स्वास्थ्य ईकाइ तथा जिल्ला स्वास्थय कार्यालयबाट गएको औषधि सहितको टोलीले उपचार गरेको र अहिले राग नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका महामारी तथा रोग नियन्त्रण शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक केशव रिजालले बताए ।
लापिलाङ गाविसमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा पनि दैनिक ३०÷४० जना त्यस्तै प्रकृतिको विरामी आउने गरेकोमा अहिले त्यो संख्यामा समेत कमी आएको रिजालले बताए ।
Comment Here!