ने वि सङ्घको एघाराैं महाधिवेशनः पदाधिकारीलगायतमा महिलाको उम्मेद्वारी


प्रकाशित मिति :2016-08-07 16:19:12

महिला खवर

काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ   ११आै‌ं महाधिवेशन  आजदेखि  काठमाडाैंमा सुरु भएको छ ।
तीनदिने महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा उद्घाटन गर्नुभयो  । नाै वर्षपछि हुन लागेको महाधिवेशनमा अध्यक्षलगायत पदाधिकारि र सदस्यहरूमा महिलाले उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । अध्यक्षमा  विनिता अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन् ।  उनीसहित अध्यक्षमा  १० जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी उपाध्यक्षमा  कृष्ण कुमारी बस्नेतले उम्मेदवारी दिने तयारी गरेकी छन् । चावहिल क्याम्पसमा पूर्व उपभापति भइसकेकी  बस्नेत नेविसंघकी पूर्व केन्द्रीय सदस्यसमेत हुन् । जनजातिबाट रेनुका काउचा   केन्द्रीय उपाध्यक्षमा लड्दैछिन् । उर्मिला थपलियाले महामन्त्रीको उम्मेदवारका रुपमा आफूलाई अगाडि सारेकी छन् ।

नेपाल ल क्याम्पसमा इकाइ सचिव र अध्यक्ष समेत भइसकेकी   सचिता कुईंकेल यसपाली सहमहामन्त्रीमा उम्मेदवारी दिंने तयारीमा छन् । उनी नेपाल ल क्याम्पसबाट एलएलएममा स्वर्ण पदक विजेता समेत हुन् ।  शंकरदेव क्याम्पसमा स्ववियू कोषाध्यक्ष रहेकी  अन्जना अर्याल  यसपटक केन्द्रीय कोषाध्यक्षकी उम्मेदवार हुन् ।  यसैगरि महिलाले बिभन्न प्रदेशबाट पनि पदाधिकारीलगायत सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघको  विधानमा एकजना महिला उपाध्यक्ष पदमा निर्वाचित एक र मनोनीत हुने व्यवस्था छ । विधान परिमार्जनपछि अब  नेविसङ्घको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक/एक जना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन्।  यसैगरी दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन्। सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: