गर्भवती तथा बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा बितरण


प्रकाशित मिति :2016-08-08 10:43:35

महिला खबर
कालिकोट  । गर्भवती र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय कालिकोटले २१ हजार र जुम्लाले ६ सय ६८ वटा कुखुरा बितरण गरेको छ । कुखुरापालन ब्यवसाय गरि पोषणमा सुधार ल्याउन कुखुरा बितरण गरिएको कार्यलयले जनाएको छ ।

कालिकोट जिल्लाको लालु, कोटवाडा, फोइमहादेव, फुकोट, कालिका, खिन, धौलागोह, बदालकोट, कुमालगाउँ, माल्कोट, नानीकोट, सुककाटिया, भर्ता र राचुली गाबिसमा कृषि तथा खाद्य सुरक्षा, पशु सेवा प्रचार कार्यक्रम, साना किसान अनुदान कार्यक्रम, बहुक्षेत्रिय पोषण कार्यक्रमबाट २१ हजार १ सय कुखुरा बितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका पुश सेवा प्राबिधिक नेत्रबहादुर शाहीले बताए । ‘बिपन्न बर्गका समूहलाई पोषणमा सुधार ल्याउन कुखुरा बितरण गरिएको हो ।’ उनले भने,–‘यसबाट साना किसानलाई उद्यमी बनाउने पनि उद्देश्य राखेको छ ।’

त्यस्तै जुम्ला जिल्लाका तीन वटा गाविसमा कुखुरा वितरण गरिएको छ । कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धि गरि बालबालिका तथा गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले जिल्लाको छुमचौर, गुठिचौर र गज्र्याङकोट गाविसमा ६ सय ६८ वटा कुखुरा बितरण गरेको छ ।

जिल्ला विकास समिति जुम्लाको सहयोग तथा पशुसेवा कार्यालयको घरवारी बगैचा र कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रम अन्र्तगत तीन गाविसमा ६ सय ६८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत गोबिन्द्रबहादुर महतले बताए । ‘छुमचौर ७ र गुठिचौर ६ देखि ८ वडासम्मका ३०/३० घरधुरीलाइ प्रति घरधुरी ९ वटा कुखुराका दरले ५ सय ४० वटा कुखुरा बितरण गरिएको छ ।’

कुखुरा बितरण गरिएका सबै घरधुरीमा कुखुरा ब्यवसायबाट आय–आर्जनका क्रियाकलाप बृद्धि गरि परिवारको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्य रहेको पशु सेवा कार्यालय कालिकोटका प्राबिधिक शाहीले बताए । ‘कुखुरा ब्यवसायलाई ब्यवस्थित रुपमा संचालन गर्न र आफ्नो ब्यवसायलाई प्रर्बद्धन यसले सहयोग गर्नेछ ।’ उनले भने,–‘सबै समुदायलाई कुखुरापालनमा केहि समस्या आए तत्काल सल्लाह सुझाब जिल्ला पशु सेवा कार्यालयले दिने गरेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: