सर्मिला बुढाथोकी
दोलखा । दोलखाको लामाबगरमा पहिरोले विस्थापित भएका २२ घर परिवारलाई माईती मञ्च दोलखा र टेवा संस्थाले संयुक्त रुपमा राहत सामाग्री बितरण गरेकोे छ ।
पहिरोबाट विस्थापित २२ घर परिवारलाई बिछयौना, त्रिपाल, खाद्यान्न लगाएतका सामाग्री वितरण गरिएको माईती मञ्च दोलखाकी उपाध्यक्ष दिलु थापाले जानकारी दिईन् । बिभिन्न सञ्चार माध्यमबाट लामाबगरमा पहिरोमा परी विस्थापित भएको समाचार प्रकाशन/ प्रशारण भए पछि तत्कालका लागि पहिरोबाट विस्थापित भएकाहरुलाई सहयोग गरिएको थापाले बताईन् ।
मञ्चले भुकम्पले समस्यामा परेका गर्भवती तथा सुत्केरीलाई सहयोग गर्ने तयारी भईरहेका उनले बताईन ।
Comment Here!