सर्मिला बुढाथोकी
दोलखा । जिल्ला स्वास्थ्य कार्यालयल दोलखाले १० बर्ष देखि १९ बर्ष उमेर समूहका किशोरीहरुलाई आइरन चक्कि खुवाउने अभियान सुरु गरेको छ ।
महिनावारी हुँदा रगत बढी बगेर किशोरीहरुमा रक्तअल्पताको समस्या हुने भएकाले रगतको कमी न्युनिकरण गर्ने उदेश्यले किशोरीहरुलाई आइरन चक्कि खुवाउने अभियान शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
आर्थिक बर्ष २०७३/ ०७४ देखि पाईलट प्रोजेक्टको रुपमा नेपाल सरकार र युनिसेफको संयुक्त पहलमा जिल्लामा रहेका २२ हजार किशोरीलाई आईरन चक्कि खुवाउने कार्यालयले जनाएको छ । आईरन चक्किको प्रयोग पछि रक्त अल्पताको समस्या कम हुने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरिक्षक कुमार दहालले जानकारी दिनुभयो । अधिकृत दहालका अनुसार जिल्लाको २ नगरपालिका र ४८ गाउँविकास समितिका किशोरीहरुलाई विद्यालय तथा स्वास्थ्य स्वयंसेबीका मार्फत प्रत्येक ३/३ महिनाको फरकमा आईरन चक्की खुवाइने छ । सन् २०११ को राष्ट्रिय स्वास्थ्य सर्बेक्षणको प्रतिवेदन अनुसार नेपालमा १५ देखि १९ बर्ष उमेर समूहका ४९ प्रतिशत किशोरीहरुमा रक्त अल्पता भएको पाईएको थियो ।
Comment Here!