सबै कुरामा योग्य छौं, तर लिङ्गका आधारमा कमजोर ठानियोः विद्यार्थी नेता


प्रकाशित मिति :2016-08-08 16:24:19

महिला खबर

विनिता अधिकारी

विनिता अधिकारी

काठमाडौं । सफल नेतृत्वको दृढ आत्म विश्वाससहित केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका नेपाल विद्यार्थी संघका महिला नेताले आफूहरू क्षमतावान  र अब्बल भएकाले संघको नेतृत्वका लागि दावी गरेको बताएका छन् ।  प्रतिनिधि विवादका कारण  महाधिवेशन स्थगित भएपछि भृकृटी मण्डप परिसरमा भेटिएका केही पदाधिकारीका दावेदार महिलाले शिक्षा क्षेत्रमा मौलाएको विकृति विसंगती  र  अराजकता, तोडफोड, टायर वाल्ने, स्कुल, कलेजमा तालाबन्दी गर्ने विद्यार्थी आन्दोलनलाई रचानात्मक बनाउने वाचासहित आफ्नो उम्मेदवारी भएको बताए ।

भृकुटी मण्डपमा भेटिएकी १० जना अध्यक्षका दावेदार मध्येकी एकमात्र महिला विनिता अधिकारीले भनिन् ‘ विद्यार्थी आन्दोलन अव हिंसात्मक र अराजक हैन सिर्जनात्मक र रचनात्मक हुनुपर्छ मेरो उम्मेदवारी त्यसैका लागि हो ।’ उनले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने बताइन् । ‘अव विद्यालयस्तर दश जोड दुईसम्म राजनीति छिर्नु हुँदैन’ उनले भनिन् ।

उर्मिला कँडेल

उर्मिला कँडेल

यसैगरि उनीहरूले नेपाल विद्यार्थी संघको समय मै महाधिवेशन हुनुपर्ने एजेण्डाका लागि पनि आफ्नो उम्मेद्वारी रहेको बताए । १० औं वर्षसम्म  महाधिवेशन नगरेर विद्यार्थी संगठनलाई ‘डम्पिङ साइट’ बनाएको भन्दै कोषाध्यक्षकी उम्मेद्वार अञ्जना अर्याल भन्छिन् ‘लामो समय महाधिवेशन नहुँदा विद्यार्थी राजनीतिको आकर्षण नै घट्यो, नेतृत्व विकासमा ठुलो घाटा लाग्यो, मेरो उम्मेद्वारी यसमा आकर्षण गर्नका लागि ‘रोल मोडल’ हो, मेरो उम्मेद्वारी संगठनको गरिमा बचाउँनका लागि हो ।’

आफ्नो उम्मेदवारी एक महिलाको नभइ एक क्षमतावान, अब्बल र प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिको भएको उनीहरूले बताइरहेका थिए । एकैस्वरमा उनीहरूले भने ‘हामी महिला हौं, हाम्रो जितपछि महिलाका लागि काम गर्छौ, तर हामी महिला भएर भन्दा पनि एक सक्षम, क्षमतावान प्रतिस्पर्धी भएर चुनावी मैदानमा आएका हौं ।’

क्षमता हुँदाहुँदै पनि महिला वा केटी भएकै कारणले लिङ्गका आधारमा आफूलाई अग्रज र पार्टीका नेताबाट हिनताबोध र कमजोर गराइएको अध्यक्षकी उम्मेदवार विनिता अधिकारीले बताइन् ।

1111आफ्नो उम्मेदवारी समाजमा हुने बोक्सी प्रथा, दाइजोलगायतका विकृति, विसङ्गति, भ्रष्टाचारविरुद्ध पनि रहेको भन्दै उनले भनिन् म सवै कुरामा योग्य छु, तर लिङ्गका आधारमा कमजोर ठानियो ।’

‘शिक्षित, लामो समय विद्यार्थी राजनीतिमा लागेर संगठन हाँक्न सक्छु भन्ने दृढ विश्वाससहित आएकी महिलालाई त यस्तो विभेद हुँदो रैछ ती दुरदराजका महिलाको अवस्था के होला ? उनको यो प्रश्न  माउ पार्टी नेपाली काँग्रेसलाई थियो ।

‘नेपाल विद्यार्थी संघ अहिलेसम्म दाइ र भाइको संगठन भयो, उनीहरूलाई चोट लाग्दा दिदी वहिनीलाई दुख्यो, अव दिदीबहिनीलाई चोट लाग्दा पनि दाजुभाइलाई दुखोस्’ उनको आग्रह छ ।

महिलालाई महिला कै रुपमामात्रै हेर्नुभन्दापनि उनीहरूको क्षमतालाई हेर्नुपर्ने छात्राका तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहेकी कृष्ण कुमारी बस्नेत बताउँछिन् । भृकुटीमण्डप मै भेटिएकी बस्नेतले भन्दैथिइन् ‘अवशर नदिइकन कमजोर भन्नुभन्दा अवशर दिएर क्षमतावान बनाउनुपर्‍यो । ’

 लिङ्गका आधारमा भन्दा पनि पुरुष भन्दा कम छैनौं भनेर चुनावी मैदानमा जाने तयारी गरेको सहमहामन्त्रीकी उम्मेद्वार उर्मिला कँडेलले बताइन् । ‘हामी दासताको राजनीति हैन विचारको राजनीति गर्न आएका हौं’ उनले भनिन् ।
केन्द्रीय समितिमा एक तिहाइ महिला हुनपर्ने भन्दा पनि साधारण सदस्यको संख्याको अनुपातमा केन्द्रीय समितिमा महिलाको

अञ्जना अर्याल

अञ्जना अर्याल

प्रतिनिधित्व हुनुपर्ने कोषाध्यक्ष कि उम्मेद्वार अञ्जना अर्यालको विचार छ । यसो भएमा  संगठनमा छात्राको संख्या पनि विस्तार हुने र यसले राजनीतिमा महिलाको संख्या पनि बढ्ने उनी बताउँछिन ।

विद्यार्थी संगठनमामात्रै होइन राज्यले नै तोकेका आरक्षण कोटामा पटक पटक एउटै व्यक्ति आउने हुनाले जसका लागि छुट्टयाइएको हो उनीहरूको सहभागिता निकै खुम्चिंदै गएकाले अव एक व्यक्तिलाई एकपटकमा त्यो कोटामा आउन पाउने व्यवस्था हुनुपर्ने उनीहरूको जोड थियो ।

सिंगो कार्यसमिति मनोनित हुने हल्ला छ नि ? महिला खबर डट कमको जिज्ञाशामा यो कुरालाई उनीहरूले ठाडै अस्वीकार गरे । यसअघि नै पार्टी र  संघको नेतृत्वलाई भेटेर  संघको नेतृत्व मनोनित भएमा आफूहरूले ने वि संघको केन्द्रीय कार्य समिति घोषणा गर्ने चेतावनी दिइसकेको उनीहरूले बताए । ‘अध्यक्ष नै दिने भएपनि म टिके अध्यक्ष चाहीँ कदापी हुन्न’ विनिता भन्दै थिइन् ।

लोकतन्त्र नाममा होइन चरित्र र व्यवहारमा झल्किनुपर्छ  उनीहरूले एकस्वरमा भने । यत्रो वर्षपछि हुन लागेको निर्वाचनमा समेत पार्टीका नेताले संघमा आफ्ना नेता छान्न लागेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । महिलाका लागि यो सवै भन्दा धेरै घाटा हुने उनीहरूको ठहर छ ।

१० वर्षपछि भएको नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनमा महिलाले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षलगायत केन्द्रीय सदस्यमा उल्लेख्य उम्मेद्वारी दिने तयारी गरेका छन् ।

नेवि संघको संशोधित विधान सकारात्मक भएको उनीहरूको प्रतिक्रिया थियो । विधानमा पदाधिकारीमा उपाध्यक्ष र सहमहामन्त्री महिला हुनैपर्ने व्यवस्था छ । १५१ सदस्यीय कार्यसमितिमा प्रदेशबाट २ जना महिला हुनुपर्ने र  जनजाति, आदिवासी, दलित, थारु, अपाङ्गता भएका व्यक्तिका लागि छुट्टयाइएको आरक्षणमा पनि महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: