हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकी नर्स निशाको गाउँ शोकाकुल


प्रकाशित मिति :2016-08-09 10:36:18

लिलाराज भट्टराइ

नर्स निशा तामाङ

नर्स निशा तामाङ

सुनसरी । मेरी भान्जी दिनरात  विरामीको सेवामा खटिरहन्थिन,जति वेला फोन गर्दा पनि विरामीको हेरचारमै छु भन्थिन् । आखिर विरामीको हेरचाह गर्दागर्दै उनको जीवन समाप्त भयो ।  इटहरीस्थित मावली घरमा माइजु हिरा शाक्य भक्कानिइन् । हिजो गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटना भएको हेलिकप्टरमा विरामीसँग आएकी नर्स निशा तामाङसहित सात जनाको ज्यान गएको हो ।

अचानक हेलिकप्टर गोरखा आएपछि निशाले विरामीसहित काठमाडौं जानुपर्ने भएछ । गोरखावाट उड्न लाग्दा उनले काठमाडौंमा ठूलीआमाकी छोरी सुमित्रालाई म्यासेज गरिन् मलाई लिन आउ ल भनेर । अव त आइपुग्ने वेला भयो होला भनेर जति फोन गर्दा पनि फोन नलागेपछि तनाव भएको थियो । केही समयपछि टेलिभिजन हेर्दा त्यस्तो देख्नुपर्‍यो माइजु हिराले वताइन्  ।
हिजो विहान सात वजे माइजु हिराले भान्जी निशालाई फोन गरेकी थिइन् ।  राती तीन वजेमात्र सुतेकीले अझै नउठेको निशाले वताइन् । एक

जना सुत्केरीको अवस्था जटिल वन्दै गएकाले रातभर बसेर तीन वजेमात्र सुतेको वताएपछि माइजुले लु लु सुत भनेर फोन राखिदिइन् । विहान सवा दश बजेतिर माइजुले फेरी फोन गरिन्  । करिव आधा घण्टा जति दुखसुखका कुरा भए । काठमाडाैं कहिले जान्छयौ भनेर माइजुले सोधेकी थिइन् त्यतिवेला ‘खै निश्चित छैन,वाटो विग्रिएको छ, हेलिकप्टर पनि आएको छैन, काठमाडौ जाने कुरा पनि कथा जस्तै भइसक्यो’  निशाले भनेको भाइजु हिराले स्मरण गरिन् ।‘ ११ बजेर ११ मिनेटमा भान्जीको  फोन आएको रहेछ, म काममा थिएँ फोन आएको थाहा पाइनँ  ।’

केहि समयपछि निशाकी आमा हिमानीले अतालिदै माइतीमा फोन गरिन् । निशा उडेको हेलिकप्टर हरायो रे ! निशाकी आमा इनरुवादेखि सामान किन्न जोगवनि गएकी थिइन् । फर्केर विराटनगर आइपुग्दा निशाले काम गर्ने फिड नेपालवाट आमालाई हेलिकप्टर हराएको जानकारी आयो ।

13232978_1722718451319313_5516848525215262913_nमाइजु हिराले टेलिभिजन खोलिन् । टेलिभिजनमा फिस्टेल एअरको दुर्घटना भएको खवर आइरहेको थियो ।निशाकी आमाले आफूलाई सम्हाल्न सक्ने अवस्था थिएन । उनीपनि इटहरी माइती गइन् ।सानैदेखि आफ्ना काखमा हुर्किएकी नातिनीको निधनले उनका मावलीका अजि अजा लगायत मावली परिवार शोकाकुल छन् । मावली परिवारमात्र होइन निशाको घर रहेको इनरुवाका वासिन्दाले आँसु थाम्न सकेका छैनन् । हिजो वेलुकै इनरुवावाट तीन गाढी स्थानीय निशाको आमालाई भेटन इटहरी आएर समवेदना व्यक्त गरे । निशाको जन्म ओखलढुंगास्थित मावलीघरमै भएको हो । उनी अजा अजिकै काखमा हुर्किइन् । त्यहीको कन्या स्कुलमा सात कक्षा पास गरेपछि आमासँग इनरुवा आएकी हुन् ।

इनरुवावाट एसएलसी गरेकी निशाले जनकपुरवाट पीसिएल स्टाफ नर्स गरिन् । त्यसपछि केही समय इटहरीको टिआर अस्पतालमा काम गरेपछि ओखलढुंगाकै पारामेडिकल कलेजमा  दुई वर्ष पढाइन् ।  गत फागुनमामात्रै फिड नेपाल नामक संस्थावाट भूकम्प प्रभावित क्षेत्र गोरखा गएकी हुन् ।

उनकी ७४ वर्षकी अजि सानुमाया शाक्य गहभरी आँसु पार्दै भन्छिन् ‘सानैदेखि अरुको सेवा गर्न भनेपछि हुरुक्क हुन्थि, यस्तो भयो ।’ माइजुले स्टाफनर्सको विदेशमा धेरै कमाइ हुन्छ रे ? कि जाने विदेश भनेर सोध्दा निशा आफ्नै देशको कुनाकाप्चा दुर दराजका विरामीको सेवा गर्न छाडेर पैसाका लागि विदेश नजाने भनेर बसेकी हुन् ।

 उनका वुवा नगेन्द्र तामाङ वैदेशिक रोजगारको सिलसिलामा मलेशिया छन् । नेपाली सेना वाट अवकास भएपछि उनी  वैदेशिक रोजगारीमा गएका हुन् । दुईजना भाइ इनरुवामा पढछन् । निशा  परिवारकी एक्ली छोरी हुन् ।निशाकी मावली हजुरवुवा ७५ वर्षीया नर वहादुर शाक्यका अनुसार निशा सानैदेखि पढाइमा अब्बल थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: