महिला खबर
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले प्रहरी मेरो साथी अभियान अन्र्तगत विद्यालय सम्पर्क कार्यक्रम सुरु गरेको छ । चरिकोटमा रहेको दी राईजिङ स्टार इङ्लिस स्कूलका कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीसँग सचेतना मूलक अन्र्तक्रिया गरी कार्यक्रम सुरु गरिएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा प्रहरी के हो, अपराध कानुन, बालबालिकाविरुद्ध हुने विभिन्न अपराध, लागुऔषध, मानव बेचविखन, सामाजिक अपराध, ट्राफिक ज्ञान लगायतका विषयमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
कार्यक्रमबाट बालबालिकामा प्रहरी प्रतिको सकारात्मक अवधारणा विकास हुने तथा बालबालिकाविरुद्ध हुने अपराधका बारेमा प्रहरीलाई खबर गर्न सहज हुने अपेक्षा लिईएको प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो । कार्यक्रममा एक सय १० जना विद्यार्थीको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
Comment Here!