महिला खबर
सुनसरी। विर्तामोडको कञ्चनजंघा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत विद्यार्थी एकै पटक विरामी भएका छन्। ३५ जना स्टाफ नर्स पढिरहेका विद्यार्थी बिरामी परेका हुन। उनीहरूको स्थानीय विर्तासिटी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। बिहान करीब ३ बजेदेखि उनीहरूलाई बान्ता हुने र झाडा पखाला लागेपछि अस्पतालमा भर्ना गरिएको इन्स्टिच्युटका अध्यक्ष धु्रव शिवाकोटीले जानकारी दिनुभयो।
उपचारमा संलग्न चिकित्सक डा. सुदीप भट्टराईले बासी खानाको कारण फुड पोइजन भएकोे हुनसक्ने बताउनुभयो। अस्पताल भर्ना भएका विरामी स्टाफ नर्स प्रथम, दोस्रो र तेस्रो वर्षका विद्यार्थी हुन्। केहीको झाडा बान्ता अझै नरोकिएको अस्पतालले जनाएको छ । अस्पतालमा ल्याईएका बिरामी छात्राको अवस्था भने सामान्य छ। छात्राले होस्टेलमा एकै साथ हिजो बेलुका खाना खाएका थिए।
Comment Here!