महिला खबर
सुनसरी । महिलालाई अवैधानिक तवरले इराक र कुवेत पठाउने गरेको आरोपमा धरान प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । धरानकी रिना प्रधानलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी प्रधानले १० वर्षदेखि गैरकानुनी रुपमा इराक तथा कुवेतमा महिला पठाउँदै आएको प्रहरीको आरोप छ । प्रधानले अवैद्यानिक बाटोबाट इराक र कुवेत पुर्याएको सँचारकर्मीमाझ स्वीकार गरेकी छन् । एकजना बापत २ हजार डलरसम्म लिने गरेको प्रधानले बताइन् । उ
उनले भारतको दिल्ली हुँदै श्रीलंकाबाट इराक पुर्याउने गरेको पाइएको छ । धरानकी सरस्वती आर्चायलाई इराक पठाउने भनेर ४२ दिनसम्म श्रीलंकामा राखेर नउडाएपछि आर्चायलाई पौरखी नेपालको पहलमा नेपाल ल्याइएको छ । उनलाई श्रीलंकावाट फर्काइएपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको हो ।
Comment Here!