असी वर्षीया छब्बाले पाईन नागरिकता


प्रकाशित मिति :2016-08-10 13:57:51

महिला खबर
कपिलवस्तु । गणेशपुर गाविसकी ८० वर्षीया छब्बा तेलीले नागरिकता पाएकी छन् । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले छब्बालाई बंशजकै आधारमा नागरिकता दिईएकोे बताएका छन् ।

citizenship

नागरिकता पाएकी छब्बाले खुशी हुँदै भनिन् ‘घरले जा जा र वनले आइज आइज भनिरहेको बेला हातमा नागरिकता पाउँदा खुशी लागेको छ ।’ नागरिकता नहुँदा बृद्दा भत्ता नपाएकी तेलीले नागरिकता पाएसँगै भत्ता पाउने भएकोमा खुशी व्यक्त गरेकी छिन् । भन्छिन् ‘अब त मैले पनि भत्ता पाउने भएँ । सबै बुढाबुढीहरू भत्ता बुझेर ल्याउँदा मनमा सँधै पिरलो हुन्थ्यो । अहिले बल्ल नागरिकता पाएँ । अब त भत्ताकै लागि केही वर्ष अझै बाँच्छु होला ।’

छब्बाको नागरिकता उनका ६१ वर्षीय छोरा बाबुराम तेलीको सनाखतबाट बनेको हो । उनका श्रीमान मंगरे तेलीको १२ वर्षअघि मृत्यु भएको हो । नागरिकताबिना आफ्नो नाममा जग्गा नामसारी गर्न नमिलेपछि आमाको नागरिकता बनाएको उनका छोरा बाबुराम तेलीले बताए ।

त्यसैगरी गुगौली गाविस लोहरौलाकी ७८ वर्षीया बेलिया थारुले पनि नागरिकता पाएकी छिन् । ईलाका प्रशासन कार्यालयका प्रमुख एवं उपसचिव मेघनाथ उपाध्याले थारुलाई बंशजको आधारमा नागरिकता दिईएको जानकारी दिएका छन् । थारुले नागरिकता नभएकै कारण अहिलेसम्म राज्यले दिएको सेवासुविधाबाट बञ्चित हुँदै आएकी थिईन् । उनको श्रीमानको मृत्यु भइसकेकाले नागरिकता बनाउन छोरा राजाराम थारुको सनाखतबाट बेलियाले नागरिकता पाएकी हुन् । नागरिकता पाएपछि भनिन् ‘नागरिकता बनेपछि अब त वृद्धाभत्ता पाउने भएँ खुशी लागेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: