सर्मिला बुढाथोकी
दोलखा । सदरमुकाम चरिकोटमा रहेको पशुपति कन्या मन्दिर माविलाई नेपाल टेलिकमले दुई बर्षको लागि निशुल्क नेट सुविधा सहितको पाँच थान कम्प्युटर उपलब्ध गराउने भएको छ ।
जिल्लाको एउटामात्र छात्रा अध्ययन गर्ने विद्यालयमा आधुनिक प्रविधि सहित अध्ययनको व्यवस्था हुन सकोस भनेर नेट सुविधा सहितको कम्प्युटर दिन लागिएको नेपाल टेलिकम चरिकोट शाखाका प्रमुख श्याममणी अर्यालले बताउनु भयो ।
नेपाल टेलिकमले विद्यालयलाई पाँच थान कम्प्युटर, ५ वटा इयर फोन, ५ वटा वेव क्यामेरा, १ वटा स्क्यान र प्रिन्टर, १ वटा वाईम्याक्स सेट र मासिक ३० जिवि क्षमताको नेट दुई बर्षको लागि निशुल्क उपलब्ध गराउन लागेको प्रमुख अर्यालले जानकारी दिनु भयो ।
Comment Here!