पुराना सरकारका राम्रा नीति कार्यक्रम कार्यान्वयन गर्छाैंः प्रवक्ता भुसाल


प्रकाशित मिति :2016-08-10 16:31:28

महिला खबर
pamfaभक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केपी ओली सरकारको नेतृत्वमा आफ्नो पार्टीको सहभागिता रहेकाले सो समयमा भएका राम्रा नीति कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उहाँले ओली प्रधानमन्त्री हुँदा माओवादीसँग छलफल गरेर ल्याएकाले राम्रो नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिने बताउनु भएको हो ।

काँग्रेससँगको नयाँ गठबन्धनको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन प्रयासमा लागेपनि अहिलेसम्म असफल रहेको बताउँदै भुसालले यो सरकारले शान्ति प्रक्रियाको विषयलाई सम्बोधन गर्न, पुनर्निर्माणको कामलाई तिव्रता दिन, मधेश आन्दोलनलाई सम्बोधन गर्न र संविधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।

विगतको सरकारले मधेश आन्दोलनको नेतृत्वसँगको संवाद सकारात्मकपन देखाउन सकेको थिएन, तर वर्तमानमा सरकार निर्माण अगावै तीन बुँदे सहमति गरेर प्रधानमन्त्रीको चयनमा देखिएको उपस्थितिसँगै उनीहरूले राखेका मागको सकारात्मक सम्बोधन गरेर सरकारमा सामेल गराउने तर्फ आफ्नो पार्टी र सरकार लागि परेको उहाँले बताउनु भयो । सिमांकनको विषय वार्ता संवादमा रहेको र यसलाई सकारात्मक रुपमा लिएर सम्बोधनको प्रयास रहेको उहाँको भनाइ थियो ।

नयाँ सत्ता समिकरणसँगै मन्त्रिमण्डलको विस्तारमा कुनै पार्टीमा त्यस्तो किचलो नभएको र काँग्रेसको भ्रातृसंगठन नेविसंघको महाधिवेशन भएकाले मन्त्रिमण्डल विस्तारमा ढिला भएकोे भुसालले बताउनु भयो । गरिवसँग सरकार भन्ने नाराका साथ प्रस्तुत भएको वर्तमान सरकारले पुनर्निर्माणका सवालमा भूकम्पपीडितका लागि तत्कालै पहिलो किस्ता ४५ दिन भित्र उपलब्ध गराउने निर्णय गरेको समेत उहाँको दावी थियो । उहाँले भन्नुभयो, बाढी पहिरोको पिल्साई परेकोहरूका लागि सरकारले सक्दो राहत उपलब्ध गराउनु साथै उद्धारमा समेत आफ्नो गतिबिधिलाई तिब्र पारेको छ ।

चिनियाँ राष्ट्रपतिको आगमन सुनिश्चित रहेको भन्दै उक्त आगमनको तयारीका लागि बिभिन्न छलफल जारी रहेको भुसालले जानकारी दिनुभयो । उहाँले चिनियाँ राष्ट्रपतिको आगमन रोक्न नयाँ सरकारको गठन भएको भन्ने हल्ला भएको भन्दै समयले यो विषयलाई प्रष्टयाउने समेत दावी गर्नुभयो ।माओवादी केन्द्रको बिस्तार सबै माओवादीको एकताको स्वरुप भएको र ढिला चाँडो सबै माओवादी एकता अनिवार्य भएकाले यसका लागि सबै तर्फबाट प्रयास जारी रहेको समेत भुसालले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: