धनु राई
ओखलढुंगा । ओखलढुंगाबाट गत आर्थिक वर्ष २०७२/०७३ मा ५५ जना हराएका महिला मध्ये ३३ जना नभेटिएको तथ्याँक सार्वजानिक भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका महिला तथा बालवालिका सेवा केन्द्रका तथ्याङकले गत आर्थिक वर्षमा हराएका यि मिहलामध्ये २२ जनामात्र भेटिएको कार्यालयले जनाएको छ ।
भेटिएका महिला आफन्त कहाँ बसोवास गर्दै आएका र दोस्रो विवाह गरी अन्तै गएको पाईएको कार्यालयले जनाएको छ । महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख तथा असई तनुजा श्रेष्ठका अनुसार विवाहित महिला बढी हराएको पार्ईएको छ । वैदेशिक रोजगारीका लागि विदेशिएका श्रीमान श्रीमती बढी हराएको श्रेष्ठको भनाई छ ।
जिल्लाबाट एकै वर्षमा यतिका संख्यामा महिला हराउनुमा महिला हिंसाको कारण रहेको महिला अधिकारकर्मी बताउँछन् । महिला मानव अधिकार रक्षक सन्जालकी उपाध्यक्ष सकुन्तला परियारका अनुसार श्रीमान विदेश जाने श्रीमती घरमा बालवच्चा परिवारलाई सम्हालेर बस्दा परिवारका सदस्यको हेपाईको कारण घर छोडेर हिँड्ने गरेको बताईन् । उनले भनिन् ‘घरमा सासूससुरा, देवर, नन्दको हेपाई, श्रीमानले समयमा घरखर्च नपठाउँदा घर छोडेर आफन्त कहाँ शरण लिन बाध्य छन् ।’
Comment Here!