महिला खबर
पोखरा । संचारिका समूह पश्चिमाञ्चलले प्रदान गर्ने संचारिका महिला पत्रकारिता पुरस्कार २०७३ पश्चिमाञ्चलका दुईजना पत्रकारलाई प्रदान गरिने भएको छ । संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिल भएको भन्दै बसन्ती बास्ताेला र स्याङ्जाका पत्रकार भवानी अधिकारीलाई पुरस्कृत गरिने भएको हो
बुधबार अग्रज पत्रकार बद्री विनोद प्रतिकको संयोजकत्वमा बसेको ५ सदस्यीय प्रतिभा छनौट समितिले संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिलताको आधारमा बसन्ती बास्ताेलालाई र स्याङ्जाका पत्रकार भवानी अधिकारीलाई दिने निर्णय गरेको हो ।

बसन्ती बास्ताेला
पोखरा घारीपाटनस्थित पोखरा किण्डर गार्टेन (पिकेजी)का संस्थापक प्रिन्सिपल शिक्षासेवी कमला प्रधानले स्कुलको रजत जयन्तिको अवसर पारेर पुरस्कारका लागि रु १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन् ।
उनले समाज रुपान्तरणमा निरन्तर कलम चलाइरहेका पत्रकार महिलाको सम्मानका लागि स्थापित अक्षयकोषको रकम थप १ लाख बढाएर २ लाखको बनाउने भएकी छन् । सोही कोषको व्याज मार्फत उक्त पुरस्कार वितरण गरिने सञ्चारिका समूह पश्चिमाञ्चलले जनाएको छ । प्रत्येक दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि २० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

भवानी अधिकारी
१२ वर्षदेखि पत्रकारितामा क्रियाशिल बास्ताेला कान्तिपुर दैनिक हुँदै हाल सञ्चारिका समूहद्वारा उत्पादित टेलिभिजन कार्यक्रम समकोण र महिला खबरको फिचर संयोजक छन् ।
त्यसैगरी संचाारिका समूह पश्चिमाञ्चलले वितरण गर्ने अर्को गुरुङ ब्यूटी एकेडेमी जर्नालिज्म अर्वाड २०७३ अन्नपूर्ण पोष्ट स्याङ्जाका संवाददाता भवानी अधिकारीलाई प्रदान गरिने भएको छ । १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल अधिकारी सामुदायिक रेडियो स्याङ्जाको समाचार,सम्पादन प्रमुख समेत हुन् ।
सौन्दर्यविद् चिनु गुरुङले पत्रकार महिलाका लागि स्थापना गरेको यो पुरस्कार प्रत्येक वर्ष पत्रकारितामा क्रियाशिल पश्चिमाञ्चलका एकजना महिलालाई प्रदान गरिन्छ । १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष रहेको यस पुरस्कारको राशी दश हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ ।
तीजको अवसर पारेर प्रदान गरिने यी दुवै पुरस्कार यस वर्ष भदौ १४ गते एक समारोहका बिच वितरण गरिने संचारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्माले जानकारी दिइन् ।
Comment Here!